
काठमाडौं ।
चीनको टेक कम्पनी शाओमीले आफ्नो इलेक्ट्रिक कार २०२४ मा आधिकारिक रुपमा सार्वजनिक गर्ने योजना बनाएको छ। सार्वजनिक अघि कम्पनीको इलेक्ट्रिक सेडानको तस्विर चीनको विभिन्न वेबसाइट र सामाजिक सञ्जाल सहित विइवोमा देखा परेको कारस्कुपले उल्लेख गरेको छ।
शाओमोलीले सन् २०२१ मा अटोनोमस ड्राइभिङ टेक्नोलोजी कम्पनी डिपमोसन टेक खरिद गरेर सवारी विकास डिभिजन स्थापना गरेको थियो। कम्पनीले ईभी उत्पादन योजना शुरु गरेको हो।
शाओमी ईभीको पहिलो इन्जिनियरिङ प्रोटोटाइप गत वर्षको समरमा तयार भएको छ। ईभीको उत्पादन भर्सन एमएस११ लीक भएको हो।
समग्रमा सेडानको डिजान राम्रो छ। यसमा कूप जस्तो स्पोर्टब्याक सिल्हूट आशा गर्न सकिन्छ। यो एरोडायनामिक ईभी हुनेछ। स्पोर्टीनेसलाई जोड्नका लागि फ्रन्ट र रियरमा फेन्डर पछाडि तर्फ भेन्ट् छ। साथै चम्किलो पहेंलो ब्रेम्बो ब्रेकको सेट पनि छ। यो राम्रो देखिनुको कारण मध्ये आकर्षक डिजाइनका स्पोर्ट्स कारको डिजाइनबाट केही तत्वहरु उधारो लिएको देखिन्छ।
यसको हेडलाइट्स र समग्र बम्पर आकार धेरै म्याक्लारेन एस्क जस्तै छ। यसको फुल वाइड टेललाइट बारका साथै टायर भएको पछाडिको छेउ एस्टन मार्टिन डीबीएसको सम्झना दिलाउनेछ। छतमा माउन्ट गरिएको लिडर सेन्सर र प्लश डोर ह्यान्डलहरुले यस कार प्रयोग गरिएको प्रविधिको दर्शनलाई संकेत गर्छ। ईभीले अटोनोमस ड्राइभिङमा फोकसन गर्ने अपेक्षा गरिएको छ।
कारको रेञ्ज र पावर सम्बिन्धी जानकारी बाहिर आएको छ। चीनको कार न्यूजअनुसार सीएटीएल र बीवाईडीबाट ब्याट्री आपूर्ति गरिनेछ। इलेक्ट्रिक मोटर भने शाओमीको इन हाउसमा उत्पादन गरिएको प्रयोग हुनेछ।
प्रकाशित: १५ माघ २०७९, आईतवार