करिब २ घण्टा डाउन भएका सरकारी वेबसाइट चल्न थाले, अझै पत्ता लागेन समस्याको कारण

  • Technology Khabar | १४ माघ २०७९, शनिबार
करिब २ घण्टा डाउन भएका सरकारी वेबसाइट चल्न थाले, अझै पत्ता लागेन समस्याको कारण

काठमाडौं ।

सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रले संचालन गर्दै आएको सरकारी एकीकृत डाटा केन्द्र (जीआईडीसी) को सर्भरमा देखिएको समस्या करिब डेढ घण्टापछि समाधान भएको छ।

शनिबार दिउँसो करिब २ बजेदेखि जीआईडीसीको सर्भरमा समस्या आउँदा त्यहाँ होस्ट भएका सम्पूर्ण वेबसाइट र अनलाइन एप्लिकेशन डाउन भएका थिए।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक तथा सूचना अधिकारी रमेश पोखरेलले फायरवेलमा प्राविधिक समस्या देखिएको बताउँदै सेवा पुनः सञ्चालनमा आएको जानकारी दिए।

तर अझै कयौं वेबसाइट डाउन भएको बारेमा प्रश्न गर्दा अब क्रमशः खोलिने र त्यसलाई अझै केहि समय लाग्ने बताए।

“मलाई पनि धेरै थाहा छैन् । प्राविधिकहरुले हेरिरहेका छन्। त्यस पछि मात्र केहि भन्न सकिएला,”उनले भने।

प्रकाशित: १४ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार