राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट सेवा प्रदायकलाई भन्यो:- कार्यालय अगाडिको पोलबाट तार हटाऊ

  • Technology Khabar | १३ माघ २०७९, शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट सेवा प्रदायकलाई भन्यो:- कार्यालय अगाडिको पोलबाट तार हटाऊ

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो कार्यालय अगाडि रहेको पोलबाट इन्टरनेटको तार हटाउन इन्टरनेट सेवा प्रदायकलाई भनेको छ।

बैंकले केन्द्रीय कार्यालय थापाथली भवनको मुख्य प्रवेश द्वारमा रहेको टूलिबसको पोलको कारणले आवतजावतमा असुविधा परेको गुनासो गरेको छ।

जसअनुसार उक्त पोलमा नेपाल विद्युत प्राधिकरणवाट उक्त तारहरुको व्यस्थापन गर्ने कार्य भइरहेको जानकारी दिएको छ। बैंकले सो पोलहरुमा रहेको लाइनहरु पनि हटाई सहयोग गरिदिन पत्र पठाएको आइस्पानले जनाएको छ।

यसैबीच सेवा प्रदायकहरुले पनि बैंकको उक्त अनुरोधलाई स्वीकार गरि इन्टरनेट सेवाको तार व्यवस्थापनको कार्य गरिरहेको बताएका छन्।

प्रकाशित: १३ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार