आइस्पानको २२ औं साधारण सभा हुँदै, नयाँ कार्यसमिति समेत चयन गरिने

  • Technology Khabar | १३ माघ २०७९, शुक्रबार

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले यहि माघ १६ गते नयाँ नेतृत्व छनोट गर्ने भएको छ। इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानले २२ औं वार्षिक साधारण सभा (अधिवेशन) मार्फत नयाँ नेतृत्व चयन गर्नलागेको हो।

यसको लागि संस्थाले आफ्नो साधारण सभा घोषणा गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरुलाई साधारण सभामा सहभागी हुन भनेको छ।

संस्थाले यस अधिवेशनमार्फत आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन हुने आइस्पानले जानकारी दिएको छ। आइस्पानमा ११ सदस्यिय कार्यसमिति रहेको छ।

आइस्पानका अध्यक्ष सुधिर पराजुलीले साधारण सभा मिति घोषणा भएपनि अन्य विषयहरुमा छलफल हुन बाँकी रहेको जानकारी दिए। अध्यक्ष पराजुली २०७७ कात्तिकमा सर्वसम्मत अध्यक्ष चयन भएका थिए।

यसैबीच आइस्पानले इच्छुक सेवा प्रदायकहरुले सदस्यता फारम भरी आवश्यक शुल्क संघको सचिवालयलाई बुझाउन यही सूचना मार्फत पुनः अनुरोध गरेको छ। साथै सदस्यता नविकरणका लागि २०७९ माघ १५ गते अपरान्ह ५:०० बजे सम्म तोकिएको जनाएको छ।

प्रकाशित: १३ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार