
काठमाडौं ।
सन् २०२२ को चौथो क्वाटरमा स्मार्टफोनको ढुवानी १८.३ प्रतिशतले घटेको छ। यो अवधिमा ३००.३ मिलियन स्मार्टफोन ढुवानी भएको आईडीसी स्मार्टफोन ट्रयाक्करको रिपोर्टमा उल्लेख छ।
सबै पाँच ओटा प्रमुख ब्रान्डहरूले २०२१ को चौथो क्वाटरको तुलनामा वार्षिक आधारमा दोहोरो अंकको गिरावटको सामना गरको र उक्त कुल संख्याले सबैभन्दा ठूलो त्रैमासिक गिरावटलाई प्रतिनिधित्व गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
२०२२ को चौथो क्वाटरको ढुवानीमा आएको उक्त ठूलो गिरावटको कारण २०२१को तथ्याङ्कको तुलनामा २०२२ मा ११.३ प्रतिशतले वार्षिक संकुचन सिर्जना भएको उल्लेख गरिएको छ। साथै २०२१ मा १.३६ बिलियनको तुलनामा २०२२ मा कुल १.२१ बिलियन स्मार्टफोनहरू ढुवानी भएको बताइएको छ।
२०२२ को चौथो क्वाटरको प्रारम्भिक तथ्याङ्कहरूका अनुसार एप्पलले ७२.३ मिलियन ढुवानी गर्दै २४.१ प्रतिशत बजार हिस्सा ओगटेर पुनः बजारको नेतृत्व गरेको बताइएको छ। साथै दास्रो स्थानमा रहेको सामसङले भने ५८.२ मिलियन फोनहरुको ढुवानी गरेको र १९.४ प्रतिशत बजार हिस्सा आगटेको उल्लेख गरिएको छ। त्यसैगरी शाओमीले ३३.२ मिलियन ढुवानी र ११ प्रतिशत बजार हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको बताइएको छ। शाओमीले २०२१ को चौथो क्वाटरको २६.३ प्रतिशत मूल्यहरूको तुलनामा ढुवानीमा सबैभन्दा ठूलो गिरावट व्यहोरेकोबताइएको छ। साथै ओप्पो (२५.३ मिलियन) र भिभो (२२.९ मिलियन) शीर्ष पाँचमा परेको उल्लेख गरिएको छ।
सन् २०२२ मा २६०.९ मिलियन यूनिट ढुवानी र २१.६ प्रतिशत बजार हिस्सासहित सामसङ शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको एप्पलले गत वर्ष २२६.४ मिलियन स्मार्टफोन ढुवानी र १८.८ प्रतिशत बजार हिस्सा छ। १५३.१ मिलियन स्मार्टफोन ढुवानी गरेको शाओमी १२.७ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा छ।
ओप्पो १०३.३ मिलियन र भिभो ९९ मिलियन यूनिट स्मार्टफोन ढुवानी सहित चौथौ र पाँचौ स्थानमा छन्। यी दुई कम्पनीले अघिल्लो वर्षको तुलनामा २२.७ प्रतिशत र २२.८ प्रतिशत गिरावट सामना गरेका छन्।
प्रकाशित: १३ माघ २०७९, शुक्रबार