अन्तरिक्षमा राखिएका स्याटेलाइटहरु भन्दा नजिकबाट गुज्रियो क्षुद्रग्रह

  • Technology Khabar | १३ माघ २०७९, शुक्रबार

काठमाडौं ।

एउटा ठूलो क्षुद्रग्रह वा एस्टेरोइड केही समय पहिले पृथ्वीको धेरै नजिकबाट गुज्रिएको छ। यसले मानिसहरुलाई यो लगभग पृथ्वीसँग ठोक्कियो भन्ने अवस्थासम्म पुर्याएको थियो।

नासाकाअनुसार एक मिनीबसको आकारको ‘२०२३ बीयू’को रूपमा चिनिने अन्तरिक्ष चट्टान, आज बिहान नेपाली समय अनुसार करिब ६ बजे दक्षिण अमेरिकाको दक्षिणी छेउको माथिबाट गुज्रिएको थियो।

यो ३,६०० किमीको दूरीको निकटतम अवस्थाबाट गएको थियो जुन हाम्रा स्याटेलाइटहरु राख्ने कक्ष भन्दा पनि नजिक भएको नासाको भनाई छ।

हामी माथि राखिने विश्वका दूरसञ्चार भूउपग्रहहरूले ओगटेको चाप भित्र यो आए पनि खगोलविद्हरूले यस ग्रहलाई नहिर्काउने कुरामा खगोलबिदहरु विश्वस्त थिए। त्यसैगरी स्याटेलाइट प्रहार गर्ने सम्भावना एकदमै कम छ।

तर यसले पृथ्वीको छेउमा अझै पनि महत्त्वपूर्ण आकारका क्षुद्रग्रहहरू कसरी पत्ता लगाउन बाँकी छन् भनेर देखाउँछ।

यसको बारेमा केवल शोखिन खगोलविद् गेन्नाडी बोरिसोभले गत सप्ताहन्तमा जानकारी ल्याएका थिए, जसले क्रिमियाको नाउचनीबाट काम सञ्चालन गर्दछन, जुन प्रायद्वीप रूसले २०१४ मा युक्रेनबाट कब्जा गरेको थियो।

नासाका अनुसार यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने खतरा थिएन।

यदि ११.५ देखि २८ फिटको भएको अनुमानित अन्तरिक्ष चट्टान पृथ्वी तर्फ अघि बढेको भए, यो वायुमण्डलमा प्रवेश गरिसकेपछि फायरबलमा परिणत हुने थियो। अन्तरिक्ष एजेन्सीका अनुसार बाँकी रहेका कुनै पनि भग्नावशेषहरू साना उल्कापिण्डका रूपमा जमिनमा खस्ने थिए।

प्रकाशित: १३ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया