वानप्लस प्याडको डिजाइन रेण्डर्स लीक

  • Technology Khabar | १३ माघ २०७९, शुक्रबार

काठमाडौं ।

वानप्लसले आफ्नो २०२३ को पहिलो ग्लोबल लन्च कार्यक्रम फेब्रुअरी २३ मा आयोजना गर्ने भएको छ। मुख्यतया वानप्लस ११ लाई लक्षित गरि आयोजना गर्न लागिएको उक्त सम्मेलनमा कम्पनीले आफ्नो ब्रान्डको अन्य धेरै उत्पादनहरू पनि डेब्यु गराउने गिज्मोचाइनाले रिपोर्ट गरेको छ।

कम्पनीले पछिल्ला केही दिनदेखि उक्त डिभाईसहरुको बारेमा खुलासा गर्दै आइरहेको उल्लेख गरिएको छ। साथै हिजो मात्रै आधिकारिक रूपमा ब्रान्डको पहिलो ट्याब्लेट वानप्लस प्याडको बारेमा खुलासा गरिएको थियो र उक्त ट्याब्लेट पनि सोही कार्यक्रममा अनावरण गरिने छ।

त्यसैगरी उक्त वानप्लस प्याडको डिजाइनको बारेमा रेण्डर्स लीक गरेको बताइएको छ।

आगामी वानप्लस प्याडको रेन्डरहरू लीक गर्ने स्टीव हेमरस्टोफरले उक्त वानप्लस ट्याब्लेटको डिजाइन पहिलो पटक लीक गरेका हुन्।

रेन्डरहरूका अनुसार ट्याब्लेटमा युनिबडी मेटल चेसिस रहेको बताइएको छ। यसबाहेक, उक्त ट्याब्लेटको एक साइड बेजेलमा फ्रन्ट–फेसिङ क्यामेराको साथ विपरित साइडहरूमा अपोजिङ साइडहरुमा समान बेजेलहरू फिचर गरिएको छ।

त्यसैगरी डिभाइसको पछाडिको भागमा अनौठो देखिने क्यामेराका साथै वानप्लसको लोगो र वानप्लसको ब्रान्डिङ समावेश हुनेछ। साथै उक्त लोगो र वानप्लसको ब्रान्डिङहरुलाई बजारका अन्य ट्याब्लेटहरूमा जस्तै गरी हेर्नको लागि उपयुक्त हुने ल्यान्डस्केप तरिकामा राखिने उल्लेख छ।

उक्त डिभाइसको पावर कि शीर्ष भागमा र ‘भोलुम की’ दायाँ साइडमा रहने छ। त्यसैगरी बायाँ साइडमा भने एक कनेक्टर रहेको बताइएको छ।

डिभाईसमा ११.६ इन्चको डिस्प्ले रहेको टिपस्टरले उल्लेख गरेको छ भने उक्त प्यानल एलसीडी वा ओएलईडी मध्ये कुन हो भन्ने यकिन नभएको उल्लेख गरिएको छ।

प्रकाशित: १३ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया