लीक भयो कोकाकोला फोन, तर यसको निर्माताको बारेमा रहस्य

  • Technology Khabar | १२ माघ २०७९, बिहीबार
लीक भयो कोकाकोला फोन, तर यसको निर्माताको बारेमा रहस्य

काठमाडौं ।

अनपेक्षित ब्रान्डहरूबाट अनौठो फोनहरूको सूचीमा पछिल्लो पटक कोकाकोलाको फोन देखा परेको छ। यसबाट कोकाकोलाले स्थापित स्मार्टफोन निर्माताहरुसँग नयाँ साझेदारीको तयारी गरिरहेको देखिएको बताइएको छ।

अनलाइनमा फैलिएको कोला फोनको एक रेन्डरअनुसार उक्त फोनमा डुअल क्यामरा सेटअपका साथै रातो रंगमा कम्पनीको आइकोनिक फिजी ड्रिंकको लोगो रहने उल्लेख गरिएको छ।

साथै उक्त फोनको एक वास्तविक कोलाफोन ग्लोबल ट्विटर खाता रहेको उल्लेख गरिएको छ। कोलाफोनको उक्त ट्विटर खाताले कुल ८ ओटा अन्य स्मार्टफोन ब्रान्डहरूको खाताहरू फलो गरिरहेको बताइएको छ।

रियलमी १० सिरिज डिभाइसलाई रिब्रान्डेड गरेर कोला फोन ल्याउन लागिएको र उक्त कोला फोन भ्यानिला रियलमी १० को मोडेलमा आउने बलियो सम्भावना रहेको अफवाह फैलिएको उल्लेख गरिएको छ।

त्यसैगरी उक्त कोला फोन भारतमा चाँडै नै लन्च हुने अपेक्षा गरिएको छ।

स्मरणरहोस् यसअघि कोकाकोलाको प्रतिस्पर्धी पेप्सीकोलाले समेत आफ्नै नाम र ब्राण्डमा पेप्सी फोन लन्च गरेको थियो । तर उक्त फोन बजारमा त्यति सफल हुन सकेन्।

प्रकाशित: १२ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार