डिभोटको हाई स्पीड र २०० किमी रेञ्जको ईबाइक आउँदै

  • Technology Khabar | १२ माघ २०७९, बिहीबार
डिभोटको हाई स्पीड र २०० किमी रेञ्जको ईबाइक आउँदै

काठमाडौं ।

भारतको इलेक्ट्रिक टूह्वीलर स्टार्टअप कम्पनी डिभोट मोटर्सले आफ्नो इलेक्ट्रिक बाइकको जानकारी सार्वजनिक गरेको छ। ईबाइकको पर्फमेन्स शानदार भएको कम्पनीले दाबी गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

डिभोट इलेक्ट्रिक स्कुटरको अधिकतम स्पीड १२० किलोमिटर प्रति घण्टा छ। कम्पनीले यस बाइकलाई बेलायत स्थित रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमा विकास गरेको हो। कम्पनीले भारतको राजस्थानमा पनि एक डेभलपमेन्ट सेन्टर खोलेको छ।

ईबाइकमा हाई पर्फमेन्सको ९.५ किलोवाट आवर लिथियम आयन ब्याट्री प्रयोग गरिरहेको छ। फुल चार्जमा २०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। ईबाइकको ब्याट्री ३ घण्टामा फुल चार्ज हुन्छ।

कम्पनीले अटो एक्स्पो २०२३ मा यस इलेक्ट्रिक बाइकको मोडलको बारेमा खुलासा गरेको थियो। कम्पनीले यस बाइकमा प्रयोग हुने ७० देखि ९० प्रतिशत उपकरण भारतमा तयार गर्न चाहन्छ। यो बाईक २०२३ को मध्यमा सार्वजनिक गर्ने कम्पनीको योजना छ।

प्रकाशित: १२ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...