ट्विटरमा इलन मस्कको नाम ‘मिस्टर ट्वीट’, अब नाम परिवर्तन हुने छैन

  • Technology Khabar | १२ माघ २०७९, बिहीबार
ट्विटरमा इलन मस्कको नाम ‘मिस्टर ट्वीट’, अब नाम परिवर्तन हुने छैन

काठमाडौं ।

सीईओ इलन मस्कले ट्विटर आफ्नो नाम परिवर्तन गरेर ‘मिस्टर ट्वीट’ राखेका छन्। बुधबार मस्कले आफ्नो नाम मिस्टर ट्वीट राखेको र यो परिवर्तन गर्न नसकिने भनेर ट्वीट गरेका छन्।

‘मैले आफ्नो नाम मिस्टर ट्वीटमा परिवर्तन गरे, अब ट्विटरले मलाई यो परिवर्तन गर्न दिने छैन,’ मस्कले हाँसोको इमोजीसहित ट्वीट गरेका छन्।

मस्कले नियमित रुपमा ट्विटरमा राजनीति लगायत विभिन्न विषयमा ट्वीट गर्दै आइरहेका हुन्छन्।

प्रकाशित: १२ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...