वानप्लस प्याड फेब्रुअरी ७ मा सार्वजनिक हुने

  • Technology Khabar | १२ माघ २०७९, बिहीबार
वानप्लस प्याड फेब्रुअरी ७ मा सार्वजनिक हुने

काठमाडौं ।

वानप्लसले आगामी फेब्रुअरी ७ मा एक अनावरण कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त अनावरण कार्यक्रममा वानप्लस ११ फ्ल्यागसिप, वानप्लस बड्स प्रो२ का साथै सम्भावित रूपमा वानप्लस ११आर जस्ता डिभाइसहरुले ग्लोबल डेब्यू गर्ने उल्लेख गरिएको छ। त्यसैगरी सोही कार्यक्रममा वानप्लस किबोर्डका साथै ६५ इन्चको वानप्लस टिभी र वानप्लस ट्याब पनि अनावरण गरिने अपेक्षा गरिएको छ।

सन् २०२१ देखि वानप्लस प्याडको बारेमा अफवाह फैलिएतापनि पछिल्लो अनुमानको अनुसार उक्त नयाँ प्याड २०२३ मा लन्च हुने सम्भावना रहेको उल्लेख गरिएको छ। यद्यपी उक्त नयाँ वानप्लस प्याडको स्पेक्सहरुको बारेमा धेरै जानकारी नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १२ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार