काठमाडौं ।
बेलायतको स्पेस एजेन्सीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को दूरसञ्चार सेवा (आर्टेस) कार्यक्रममा उन्नत अनुसन्धानको भागको रूपमा भूउपग्रह सञ्चार परियोजनाहरूका लागि ५ करोड पाउण्ड कोषको घोषणा गरेको छ।
बेलायतले देशको स्याटेलाइट सञ्चार उद्योगलाई बढावा दिन सक्ने परियोजनाहरूका लागि जनवरी २३ मा ५० मिलियन ब्रिटिश पाउण्ड कोषको घोषणा गर्यो।
युके स्पेस एजेन्सीले बताएअनुसार कोषको लगानी नयाँ स्याटेलाइट कन्स्टलेसन र तिनीहरूलाई समर्थन गर्ने ग्राउन्ड प्रणालीसहित परियोजनाहरूको विस्तृत श्रृंखलाको लागि खुला छ।
यसको लागि आशयपत्त बुझाउने अन्तिम म्याद मार्च १ तोकिएको छ। विचारहरू पिच गर्नको लागि प्रस्तुतीकरण प्रक्रिया पछ्याउँदै, बेलायती अन्तरिक्ष एजेन्सीले यस गर्मी मौसम पारेर बिजेता परियोजनाहरू घोषणा गर्ने अपेक्षा गरिएको छ।
“यस कोषले यस बजारमा विश्वव्यापी खेलाडी बन्नको लागि सही विशेषज्ञता र महत्वाकांक्षा भएका बेलायती कम्पनीहरूलाई मद्दत गर्नेछ,” युके स्पेस एजेन्सीका सीईओ पल बेटले एक विज्ञप्तिमा भने, “र फराकिलो यूके अन्तरिक्ष क्षेत्रलाई बढावा दिने ग्राउन्ड ब्रेकिङ टेक्नोलोजीहरूमा नेतृत्व गर्नेछ।”
कोष युरोपियन स्पेस एजेन्सी (इएसए) दूरसञ्चार सेवा कार्यक्रम, वा आर्टेस अन्तरगत एडभान्स अनुसन्धानको एक हिस्सा हो।
नोभेम्बरमा, बेलायती सरकारले ईएसएअन्तर्गत अन्तर्राष्ट्रिय दूरसञ्चार मिसनहरूमा भाग लिनको लागि १९० मिलियन ब्रिटिश पाउन्ड प्रतिबद्ध गरेको थियो।
बेलायतले आगामी पाँच वर्षमा इएसए कार्यक्रमहरूमा सहभागी हुन कुल १.८ बिलियन ब्रिटिश पाउण्ड प्रतिबद्ध गरेको बताईएको छ।
बेलायती विज्ञान मन्त्री जर्ज फ्रिम्यानले अन्तरिक्ष कार्यक्रममा लगानी गर्नाले वृद्धि गर्न र ब्रेक्सिटपछिको बेलायतको अर्थतन्त्रको लचिलोपनमा सुधार ल्याउन मद्दत गर्ने बताए।
प्रकाशित: १२ माघ २०७९, बिहीबार