Technology Khabar ११ माघ २०७९, बुधबार
काठमाडौं ।
मोल्दोभा गणतन्त्रको दूरसञ्चार सेवा प्रदायक मोल्डसेलले हालै आफ्नो मोल्डसेल डिजिटल वित्तीय सेवा शुरु गरेको घोषणा गरेको छ।
नेपाली उद्यमी समूह चौधरी ग्रुपको लगानी रहेको सीजी कर्प ग्लोबलअन्तरगतको मोल्डसेलले बुधबार ‘मोल्डसेल मनी’ सुरु गरेर वित्तीय सेवा बजारमा आफ्नो प्रवेशको घोषणा गरेको छ।
मोल्दोभामा यस प्रकारको सेवा प्रदान गर्ने पहिलो मोबाइल फोन अपरेटरको रूपमा मोल्डसेलले नगदको प्रयोग घटाउने र वित्तीय समावेशीकरण बढाउने लक्ष्य राखेको राष्ट्रिय डिजिटलाइजेशन रणनीतिलाई समर्थन गर्ने उल्लेख छ।
चौधरी ग्रुपका जीएम तथा मोल्डसेलका बोर्ड अध्यक्ष निर्वाण चौधरीले हालै एक समारोहबीच उक्त सेवाको अनावरण गरे।
मोल्डसेलको मोबाइल फाइनान्सियल सर्भिस लन्च कार्यक्रममा उनले यो सेवा प्रक्षेपणले नेपाललाई विश्वसामु ल्याउने सीजी कर्प ग्लोबलको विश्वव्यापी रणनीतिमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए।
“डिजिटाइजेशन, जसरी हामी सबैलाई थाहा छ, कुनै पनि उद्योगको भविष्य हो, जसले विश्वलाई अगाडि बढाउँछ। र आज, सीजी कर्प ग्लोबलको नविनतम डिजिटलीकरण यात्रा जारी छ, मोल्डसेल आफ्नो मोबाइल वित्तीय सेवाहरू- मोल्डसेल मनी, तपाईंको मोल्डसेल स्मार्टफोनमा एकदमै नयाँ स्तरको आराम, सरलता र तालमेल सुरु गर्ने मोल्दोभाको पहिलो दूरसञ्चार अपरेटर हो,” चौधरीले भने।
मोल्डसेल मनी एप्लिकेसन मार्फत उपलब्ध यो नयाँ सेवाले कुनै पनि मोबाइल नेटवर्कका ग्राहकहरूलाई सजिलैसँग पैसा ट्रान्सफर गर्ने र मोबाइल वालेटबाट सीधै सेवाहरूको भुक्तानी गर्ने अवसर प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।
थप रूपमा, प्लेटफर्मले मोल्डसेल नम्बरको साथ भुक्तानी, बैंक कार्ड वा नगदको आवश्यकता बिना मोल्डोभन बजारको लागि एक नविनतम सुविधा समावेश गर्दछ। प्रयोगकर्ताहरूले व्यक्तिगत डाटा र तत्काल भुक्तानीको सुरक्षा सुनिश्चित गर्दै ‘माई मोल्डसेल एप’ प्रयोग गरेर वा एसएमएस कोड मार्फत भुक्तानी गर्न सक्छन्।
“२२ वर्षको अवधिमा, हामी एक मोबाइल फोन अपरेटर भन्दा बढि हौं, हामी डिजिटल समाधानहरूको प्रदायक हौं जसले उमेर, आम्दानी वा उत्पत्तिको पर्वाह नगरी डिजिटल समावेशलाई बढावा दिन्छ,” मोल्डसेलकि जनरल डाइरेक्टर क्यारोलिना बुगेइनले भनिन्।
प्रकाशित: ११ माघ २०७९, बुधबार