
काठमाडौं ।
भारतको बैंगलोर स्थित इलेक्ट्रिक सवारी स्टार्टअप कम्पनी आईगोवाइसले जनवरी २६ मा बीईआईगो एक्स४ नामको इलेक्ट्रिक स्कुटर आधिकारिक रुपमा प्रस्तुत गरेको छ।
यस अघि बीईआईगो एक्स४ इलेक्ट्रिक स्कुटरको रेञ्ज, फिचर, मूल्य लगायतको जानकारी बाहिरिएको थियो।
१५० किमी रेञ्ज
बीईआईगो एक्स४ले १५० किलोमिटर रेञ्ज प्रदान गर्नेका साथै एसयूभी स्कुटर भएको दाबी गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। आगलागीबाट स्कुटरलाई जोगाउन फायर रेजिस्टेन्स लाइफपीओ४ ब्याट्री प्रयोग गरिएको छ।
सेल्फ ब्यालेन्सिङ
इलेक्ट्रिक स्कुटरमा ६० लिटरको बूट स्पेसका साथ इनबिल्ट पिलियन फुटरेस्ट, ठूलो फ्ल्याट फ्लोर लेगरुम र ट्रिपल डिस्क एन्टी स्किड ब्रेकिङ सिस्टम छ। बीईआईगो एक्स४ ट्विन ह्वील इन्टिग्रेटेड इन्जिन प्रविधिको उपयोमा अन डिमान्ड सेल्फ ब्यालेन्सिङ फिचर दिइएको छ। ट्राफिकमा स्कुटर रोक्दा खुट्टा भुईमा राख्नु पर्दैन।
५ वर्षको वारेन्टी
इलेक्ट्रिक स्कुटर आईगोवाइस बीईआईगो एक्स४ को बेस भेरियन्टको शुरुवाती मूल्य १ लाख १० हजार भारु एक्स शोरुम तोकिएको छ। कम्पनीले स्कुटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिएको छ। बैंगलोरको ह्वाइटफिल्डको प्लान्ट वार्षिक ३० हजार यूनिट इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने क्षमता राख्छ।
प्रकाशित: ११ माघ २०७९, बुधबार