साझा यातायातको मेरो साझा एप अपडेट

  • Technology Khabar | १० माघ २०७९, मंगलवार
साझा यातायातको मेरो साझा एप अपडेट

काठमाडौं ।

यात्रुहरुको सहजताका लागि साझा यातायतले शुरु गरेको मेरो साझा मोबाइल एप अपडेट गरेको छ। साझा यातायातले मंगलबार ट्विटरमा पोष्ट गर्दै एप अपडेट गरिएको जानकारी दिएको हो।

यो एपको माध्यमबाट यात्रुहरुले साझा यातायातको बस ट्रयाक गर्न सक्नुका साथै नजिकको स्टप थाहा पाउन सक्नेछन्। यो एप हाल बेटा भर्सनमा रहेको छ। प्रयोगकर्ताको सूझावका आधारमा थप एपमा सुधार गरिने ट्वीटमा उल्लेख छ।

एप प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ।

प्रकाशित: १० माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...