जनकपुरमा डिशहोम फाईवरनेटको वितरण सोरुम

  • Technology Khabar | १० माघ २०७९, मंगलवार
जनकपुरमा डिशहोम फाईवरनेटको वितरण सोरुम

काठमाडौं ।

नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुरमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाह को उपस्थिति मा सम्पन्न भएको थियो।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ।

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू लक्ष्मी इन्टरप्राइज अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने जनकपुर का संचालक सुनिल महतले जानकारी दिए।

प्रकाशित: १० माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...