वानप्लस मेकानिकल किबोर्डको पहिलो तस्वीर सार्वजनिक, फेब्रुअरी सातमा आउँदै

  • Technology Khabar | १० माघ २०७९, मंगलवार
वानप्लस मेकानिकल किबोर्डको पहिलो तस्वीर सार्वजनिक, फेब्रुअरी सातमा आउँदै

काठमाडौं ।

वानप्लसले लन्च गर्ने घोषणा गरेको मेकानिकल किबोर्डको पहिलो फोटो लीक भएको छ। लीक भएको फोटोमा देखिए अनुसार उक्त किबोर्डको रङ्ग सेतो रहेको छ भने इन्टर की चाहिँ पहेँलो रङ्गमा देख्न सकिन्छ। साथै किबोर्डमा एक रातो राउन्ड बटन पनि समावेश गरिएको र उक्त बटनको उद्देश्य अज्ञात रहेको उल्लेख गरिएको छ।

वानप्लस किबोर्ड फेब्रुअरी ७ मा घोषणा गरिने बताईएको छ। साथै सोही दिनमा वानप्लस ११ फ्ल्यागशिपको र वानप्लस बड्स प्रो २ टीडब्लुएस इयरफोन्सको विश्वव्यापीरुपमा सार्वजनिक गरिने छ।

उक्त किबोर्डको मास प्रोडक्सन भने आगामी मार्च–मे महिनाको लागि निर्धारित गरिएको वानप्लसको वेबसाईटमा रहेको किबोर्डको ल्यान्डिङ पेजले खुलासा गरेको हो। फेब्रुअरीको घोषणा पछि उक्त किबोर्डको लागि केही समय थप प्रतिक्षा गर्नुपर्ने उल्लेख गरिएको छ।

उक्त किबोर्डको डबल–ग्यासकेट डिजाइनले स्याटिस्फाइङ साउण्ड प्रदान गर्नुका साथै उच्च टाइपिङ अनुभव कायम राख्दै सफ्ट क्ल्याकिङको लागि फाइन ड्याम्परहरु समावेश हुने उल्लेख गरिएको छ।

उक्त किबोर्डमा एल्युमिनियमको बडी हुने र कीहरू रिम्यापीङ गर्न र किबोर्डको पूर्ण क्षमता अनलक गर्नको लागि ओपन–सोर्स फर्मवेयरलाई सपोर्ट गर्ने भनी उल्लेख गरिएको छ।

प्रकाशित: १० माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार