स्टार्टअप कार्यविधि छिट्टै कार्यान्वयनमा ल्याईने

  • Technology Khabar | ९ माघ २०७९, सोमबार
स्टार्टअप कार्यविधि छिट्टै कार्यान्वयनमा ल्याईने

काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि छिट्टै कार्यान्वयनमा ल्याउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न पहल गर्ने बताए।

‘स्टार्टअप कार्यविधि अझैसम्म पनि बन्न नसक्नु सरकारको कमजोरी हो।निजी क्षेत्रसँगको सहकार्यमा कार्यविधि छिट्टै पारित हुनेछ’, उनले भने, ‘निजी क्षेत्रले माग गरिरहेको परियोजना कर्जा पनि छिट्टै कार्यान्वयनमा ल्याइनेछ ।’

लघु, घरेलु, साना तथा मझौला उद्योगका समस्या पहिचान गरी समाधानका लागि सरकारले पहल गर्ने अर्थमन्त्री पौडेलले बताए।

प्रकाशित: ९ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...