युट्युब म्युजिकले एक वर्षको निःशुल्क सदस्यतासहित ‘लिस्निङ रुम’को थालनी गर्ने

  • Technology Khabar | ९ माघ २०७९, सोमबार
युट्युब म्युजिकले एक वर्षको निःशुल्क सदस्यतासहित ‘लिस्निङ रुम’को थालनी गर्ने

काठमाडौं ।

युट्युब म्युजिकका डेभलपरहरुले नयाँ ‘लिस्निङ रुम’को घोषणा गरेका छन्। उक्त डिस्कर्ड (छलफल गर्ने) च्यानलमा प्रयोगकर्ताहरूले सुविधाहरूमा प्रारम्भिक पहुँच प्राप्त गर्नुका साथै प्रतिक्रियाहरु पनि दिनसक्ने उल्लेख गरिएको छ।

युट्युब म्युजिकको नयाँ लिस्निङ रुमको लागि जो कोहीले पनि आवेदन दिन पाउने छन् र त्यसको लागि आफ्नो संगीतको प्रकार र सदस्यता रोजाइको बारे प्रश्नावलीको जवाफ दिन आवश्यक छ।

यसको लागि चाहिने सामान्य आवश्यकताहरु भनेको प्रयोगकर्तामा संगीत प्रति लगावका साथै कुराकानी र मतदान मार्फत नियमित प्रतिक्रिया दिनु हो र युट्युब म्युजिकलाई प्राथमिक अडियो स्ट्रिमिङ सेवाको रूपमा एक वर्षको लागि प्रयोग गर्नुपर्ने उल्लेख छ। यदपी प्रयोगकर्ताले एकै साथ अर्को सेवा पनि प्रयोग गर्न स्वतन्त्र भएको उल्लेख गरिएको छ।

स्वीकृत भएको खण्डमा भने कार्यक्रमको भागको रुपमा प्रयोगकर्ताले १ वर्षको लागि निःशुल्क नयाँ सुविधाहरूमा प्रारम्भिक पहुँच प्राप्त गर्नुका साथै युट्युब म्युजिकको भविष्यलाई प्रभाव पार्नको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने मौका पाउने उल्लेख गरिएको छ।

आवेदकहरूलाई लिस्निङ रुमको कुनै पनि जानकारी सेयर गर्न, स्क्रिनसटहरू र तस्विरहरू लिन वा रेकर्ड गर्न भने अनुमति नभएको बताईएको छ। साथै स्वीकृत भएका आवेदकहरूलाई युट्युब म्युजिकले फेब्रुअरीमा सम्पर्क गर्नेछ।

प्रकाशित: ९ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार