मार्भल एभेन्जरले सेप्टेम्बर ३० पछि आधिकारिक सपोर्ट प्राप्त नगर्ने

  • Technology Khabar | ९ माघ २०७९, सोमबार
मार्भल एभेन्जरले सेप्टेम्बर ३० पछि आधिकारिक सपोर्ट प्राप्त नगर्ने

काठमाडौं ।

सञ्चालनमा आएको दुई वर्षको अवधिमा गेमले संघर्ष गरिरहँदा क्रिस्टल डायनामिक्सले मार्भलको एभेन्जरको विकासलाई बन्द गर्ने योजना बनाएको छ। परियोजना बन्द हुने रिपोर्ट पछि स्टुडियोले शुक्रबार एक ब्लाग पोष्ट प्रकाशित गर्दै सेप्टेम्बर ३० पछि लाइभ सर्भिस टाइटलको सपोर्ट बन्द गर्ने योजना घोषणा गरेको इनग्यागेडले उल्लेख गरेको छ।

क्रिस्टल डायनामिक्सले एउटा अन्तिम ब्यालेन्स प्याच जारी गर्ने र मार्च ३१ मा मार्भलले एभेन्जरको इन गेम कस्मेटिक्स स्टोर बन्द गर्नेछ। सोही दिन खेलाडीहरुले आफ्नो बाँकी क्रेडिट ब्यालेन्स इन गेम स्रोतहरुमा रुपान्तरण भएको देख्नेछन्। क्रिस्टल डाइमामिक्सले यस खेलको प्रतिलिपिको स्वामित्वमा रहेका सबै खेलाडीहरुका लागि पहिलो बजारबाट मात्र प्राप्त गर्न सकिने कमेटिक्सहरु निशुल्क हुने बताएको छ।

आधिकारिक सपोर्ट सेप्टेम्बर ३० देखि बन्द भए पनि खेलाडीहरुले एक्सबक्स लाईभ र प्लेस्टेशन प्लसमा मार्बलको एभेन्जर स्वयम वा साथीहरुका साथ खेल्न जारी राख्न सक्नेछन्।

‘गेमको काम गर्ने तरिकामा हामी परिवर्तन गर्दै छौं। यसले गेमलाई लामो समयसम्म चल्ने सुनिश्चत गर्नेछ,’ डेभलपरले भने, ‘तर सेप्टेम्बर ३० पछियस विषयको ग्यारेन्टी दिन सकिँदैन कि अप्रत्याशित परिस्थितिहरुको कारण उत्पन्न हुने समस्या सम्बोधन हुन्छ भनेर।’

क्रिस्टल डायनामिक्सले हाम्रो साझेदारहरुसँगको संयोजनामा टाइटलको लागि सपोर्ट समाप्त गर्ने निर्णय गरिएको बतायो।

नोभेम्बर २०२० मा गेम लन्च भएको दुई महिना पछि प्रकाशक स्क्वायर एनिक्सले टाइटल बनाउने लागत कम गर्ने प्रयास असफल भएको बताएको थियो। यसले गर्दा पनि मार्वल एभेन्जर्स छिट्टै बन्द हुनेछ भनेर धेरैले पूर्व अनुमान गरिसकेका थिए।

प्रकाशित: ९ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...