सामसङद्वारा ३६० डिग्रीमा फोल्ड हुने स्क्रिन र हिंज प्रोटोटाईप डिस्प्लेको प्रदर्शन

  • Technology Khabar | ८ माघ २०७९, आईतवार
सामसङद्वारा ३६० डिग्रीमा फोल्ड हुने स्क्रिन र हिंज प्रोटोटाईप डिस्प्लेको प्रदर्शन

काठमाडौं ।

सामसङ डिस्प्लेद्वारा भित्र र बाहिर गरी दुबै तर्फ फोल्ड गर्न सकिने नयाँ प्रोटोटाईप डिस्प्ले र हिंजको प्रदर्शन गरेको छ। डिभाइसमा प्रयोग गरिएको फ्लेक्स ईन एण्ड आउट कन्सेप्टको हिंजले डिभाइसलाई ३६० डिग्रीमा फोल्ड गर्न सकिने र क्रिजहरु पनि उल्लेखनीय रूपमा कम देखिने उल्लेख गरिएको छ।

उक्त प्रोटोटाईपको डेमो देखाइएको द भर्जले रिपोर्ट गरेको छ। यद्यपी उक्त नयाँ प्यानल र हिंज व्यावसायिक उत्पादनहरूको लागि तयार गरिने वा नगरिने भन्ने बारे कुनै जानकारी नभएको उल्लेख छ।

डिस्प्लेमा प्रयोग गरिएको नयाँ हिंज डिजाइनले गर्दा डिभाइस पूर्णरूपमा फोल्ड हुने र क्रिजको सानो (वाटरड्रप–सेप्ड होल) वाटरड्रप आकारको प्वाल पनि नरहने उल्लेख गरिएको छ। ग्यालेक्सी जेड फोल्ड स्मार्टफोनको छेउमै पिक्चर्ड भएको उक्त प्रोटोटाईपको पनि हालको फोल्डेबल फोनहरु जत्तिकैको मोटाई रहने दाबी गरिएको छ। त्यसैगरी डाइनामिक मेकानिजमले गर्दा प्यानललाई स्ट्रेच नगरी आरामसँग मोडन सकिने छ।

उक्त डिजाइनले गर्दा कभर डिस्प्लेको आवश्यकता नपर्ने र डिभाइसहरूको नयाँ क्याटगोरीको आगमन हुन सक्नेछ। त्यसैगरी उक्त डिजाइनले फोनलाई मोटो नदेखिने तवरमा ठूला ब्याट्रीहरू र ठूला क्यामरा सेन्सरहरूको लागि थप ठाउँ उपलब्ध गराउने उल्लेख गरिएको छ।

सामसङको उक्त प्रोटोटाईप डिस्प्लेको डिजाइनलाई चाँडै नै व्यावसायिक उत्पादनहरुमा देख्न पाईने अपेक्ष गरिएको छ।

प्रकाशित: ८ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...