बजारमा आयो नयाँ राइड सेयरिङ प्लेटफर्म, राइडरले कमिसन तिर्नु नपर्ने

  • Technology Khabar | ८ माघ २०७९, आईतवार
बजारमा आयो नयाँ राइड सेयरिङ प्लेटफर्म, राइडरले कमिसन तिर्नु नपर्ने

काठमाडौं ।

नेपाली बजारमा नयाँ राइड सेयरिङ प्लेटफर्मको आगमन भएको छ अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर ‘सेफ राइड’ नामक प्लेटफर्म सार्वजनिक भएको हो। कम्पनीका अनुसार हाल पोखरा, बुटवल, भरतपुर र काठमाडौंमा बाइक र कारको राइड सेयरिङ सेवा लिन सकिन्छ।

यस प्लेटफर्ममा आबद्ध हुन इच्छुक राइडरले निःशुल्क रजिस्टर गर्न सक्नेछन्। त्यस्तै तीन महिनासम्म कुनै किसिमको कमिसन तिर्नु नपर्ने कम्पनीको भनाइ छ। यात्रुको सुरक्षामा केन्द्रित यो प्लेटफर्मबाट आपतकालीन अवस्थामा इमर्जेन्सी एसओएस एक्टिभेट गर्न सकिन्छ। यात्रुको सुरक्षामा केन्द्रित भएकाले नाम नै ‘सेफ राइड’ नाम रहेको कम्पनीले जनाएको छ।

‘प्रयोगकर्ताले एप खोल्ने बित्तिकै आफ्नो लोकेसनको राइडर भेटाउन सक्नेछन्,ू सेफ राइडका सह(संस्थापक प्रकाश मालाकार भन्छन्, ‘राइड सेयर गरिसकेपछि एपबाटै नजिकका मान्छेलाई लोकेसन सेयर गर्न सकिन्छ। उनीहरूले यात्रा गरेको मान्छे र राइडरलाई लिङ्कका माध्यमबाट ट्रयाक गर्न सक्छन्।’

राइडर र यात्रुबीच सम्पूर्ण कारोबार क्याशलेस बनाउन एपमै पेमेन्ट गेटवे समावेश गरेको उनले जनाए । एपमा अहिले आईएमई पेबाट पैसा लोड गर्न सकिन्छ ।

‘हामी ई(सेवा, खल्तीजस्ता डिजिटल वालेटसँग यसका लागि सहकार्य गरिरहेका छौं,’ पुरीले थपे ।

सेफ राइड प्रयोग गर्न इच्छुक व्यक्तिले एप डाउनलोड गर्नुपर्ने हुन्छ। कम्पनीले राइड र प्रयोगकर्ताका लागि छुट्टाछुट्टै एन्ड्रोइड र आईओएस एप सार्वजनिक गरेको छ।

प्रकाशित: ८ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार