अमेजनले फेब्रुअरीदेखि अमेजन म्यूजिकको सदस्यता शुल्क बढाउँदै

  • Technology Khabar | ८ माघ २०७९, आईतवार
अमेजनले फेब्रुअरीदेखि अमेजन म्यूजिकको सदस्यता शुल्क बढाउँदै

काठमाडौं ।

इ-कमर्स विशाल अमेजन डट कम इंकले फेब्रुअरीदेखि आफ्ना केही संगीत सदस्यता योजनाहरूको मूल्य बढाउने बिहीबार जानकारी दिएको छ।

अमेजन म्यूजिकको ‘अनलिमिटेड इन्डिभिज्यूअल प्लान’ को मूल्य  १ डलर देखि १०.९९ डलर प्रति महिना बढ्नेछ। यसैगरी यसको ‘अनलिमिटेड स्टुडेन्ट इन्डिभिज्यूअल प्लान’ प्रति महिना ४.९९ बाट ५.९९ डलरमा पुग्ने कम्पनीको एफएक्यू पृष्ठमा उल्लेख छ।

कम्पनीले अपडेट गरिएको मूल्य निर्धारण फेब्रुअरी २१ बाट सुरु हुने र त्यस मिति पछि ग्राहकहरूले आफ्नो बिलमा नयाँ मूल्य देख्न थाल्ने बताएको छ।

द भर्ज रिपोर्टका अनुसार अमेजनले गत वर्ष मे महिनामा अमेजन प्राइमका सदस्यहरूका लागि आफ्नो म्युजिक स्ट्रिमिङ सेवाको मूल्य बढाएको थियो।

कम्पनीले गत वर्ष फेब्रुअरीमा आफ्नो वार्षिक यूएस प्राइम सदस्यताहरूको मूल्य १७ प्रतिशत बढाएको थियो। र यसले पछि जुलाईमा युरोपमा पनि उक्त मूल्य बढाएको थियो।

प्रकाशित: ८ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...