
काठमाडौं ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको मोबाइल बैंकिङ सिस्टम आज बेलुका बन्द हुने भएको छ।
बैंकको डिजिटल बैंकिङ विभागले एक सूचना जारी गर्दै सेवा बन्द हुने जानकारी दिएको हो।
आज माघ ७ गते शनिबारका दिन बैंकको मोबाइल बैंकिङ सिस्टम माइग्रेसन गर्न लागिएको हुँदा बेलुका ९ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म यस बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुनसक्ने बताएको छ।
बैंकले सेवा अवरुद्ध हुँदा ग्राहकवर्ग लगायत सम्पूर्णमा पर्न जाने असुविधाका लागि क्षमा मागेको छ।
प्रकाशित: ७ माघ २०७९, शनिबार