इलेक्ट्रिक गाडीको ब्याट्री खराब भएको कसरी थाहा पाउने?

  • Technology Khabar | ७ माघ २०७९, शनिबार
इलेक्ट्रिक गाडीको ब्याट्री खराब भएको कसरी थाहा पाउने?

काठमाडौं ।

नेपालमा इलेक्ट्रिक सवारी अपनाउनेको संख्या बढ्दो क्रममा छ। नेपालमा सवारी पनि उत्पादन नहुने तथा डिजल र पेट्रोल पनि आयात गर्नु पर्ने भएकाले पनि ईभी प्रति आकर्षण बढ्दो छ।

पेट्रोल र डिजलको बढ्दो मूल्य र स्वदेशकै जलबाट विद्युत उत्पादन हुने भएकाले पनि नेपालमा ईभी प्रतिको आकर्षण देखिन्छ।

ईभी चढ्न चाहनेको प्रमुख गुनासोको रुपमा चार्जिङ पूर्वाधारको अभाव, ड्राइभिङ रेञ्ज र ब्याट्री खराब भएमा नयाँ किन्दा महँगो पर्ने लगायत छन्। ईभीको ब्याट्रीको ब्याट्री कहिले खराब हुन्छ र खराब हुनु अघि कस्तो संदेश दिन्छ भन्ने विषयमा जानकारी प्रस्तुत गरिएको छ।

कारको ब्याट्री कति समय चल्छ

बजारमा उपलब्ध धेरै निर्माताले आफ्नो कारको ब्याट्री प्याकमा करिब ८ वर्षसम्मको वारेन्टी दिने गरेका छन्। राम्रोसँग प्रयोग गरिएको खण्डमा ब्याट्री १० वर्षसम्म चलाउने सकिने कम्पनीहरुले दाबी गर्दै आइरहेका छन्। दुई पांग्रेको ब्याट्रीमा ३ देखि ५ वर्षसम्मको वारेन्टी दिइने गरिएको छ।

ब्याट्री खराब भएको कसरी पत्ता लगाउने

कार तथा स्कुटरको ब्याट्री खराब भएको छ कि जान्ने तरिका सजिलो छ। ब्याट्री खराब हुनु अघि पहिलै केही संकेत प्राप्त हुन्छ। त्यसपछि ब्याट्री विस्तारै विस्तारै खराब हुँदै जान्छ। ब्याट्री खराब हुन शुरु हुँदा ईभीको रेञ्ज घट्छ। रेञ्ज कम भएर बारम्बार चार्ज गर्नु पर्ने अवस्था आएमा ब्याट्री खराब भएको बुझ्नु पर्छ।

ब्याट्री खराब हुने कारण

सवारीलाई कसरी चार्ज गरिन्छ भन्ने विषयले ब्याट्रीको आयु निर्धारण गर्छ। फास्ट चार्जरबाट धेरै चार्ज गर्दा पनि ब्याट्रीको आयु छिट्टै घट्छ। ब्याट्रीलाई पूर्ण रुपमा डिस्चार्ज गर्ने तथा १०० प्रतिशतसम्म चार्ज गर्दा पनि ब्याट्रीको लाइभ घट्छ। ईभी ब्याट्री १५ प्रतिशतभन्दा धेरै हुँदा चार्ज गर्नु पर्छ र अधिकत ८० देखि ८५ प्रतिशतसम्म मात्र चार्ज गर्नु पर्छ। ब्याट्रीको प्रभावकारिता मौसम अनुसार पनि फरक पर्छ। तातो क्षेत्रमा प्रयोग हुने ईभीको तुलनामा चिसो क्षेत्रमा प्रयोग हुने इभीको ब्याट्री लाइभ कम हुन्छ।

प्रकाशित: ७ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...