हिरो मोटोकर्पका अध्यक्ष पवन मुन्जालले इलेक्ट्रिक स्कुटर भिडा वानको डेलिभरी लिए

  • Technology Khabar | ७ माघ २०७९, शनिबार
हिरो मोटोकर्पका अध्यक्ष पवन मुन्जालले इलेक्ट्रिक स्कुटर भिडा वानको डेलिभरी लिए

काठमाडौं ।

हिरो मोटोकर्पले गत वर्ष आफ्नो नयाँ ईभी कम्पनी भिडा सार्वजनिक गर्दै ईभी सेगमेन्टमा प्रवेश गरेको थियो।

नयाँ हिरो भिडा भीवान प्लस र भीवान प्रो इलेक्ट्रिक स्कुटरको शुरुवाती मूल्य १ लाख ४५ हजार भारु एक्स शोरुम तोकिएको छ।

हिरो मोटकर्पका अध्यक्ष तथा सीईओ पवन मुन्जालले आफ्नो लागि नयाँ भिडा इलेक्ट्रिक स्कुटरको डेलिभरी लिएको फाइनान्सियल एक्सप्रेसले उल्लेख गरेको छ।

अध्यक्ष मुन्जालले भिडा भीवान इलेक्ट्रिक स्कुटरको डेलिभरी लिएका हुन्। उक्त स्कुटरको कलर कम्पनीको सिग्नेचर म्याट एब्राक्स आरेन्ज शेडमा छ। उक्त तस्विर कम्पनीको आधिकारिक वेबसाइटमा पनि सेयर गरिएको छ। भिडा भीवानको डेलिभरी भारतमा डिसेम्बर २०२२ देखि शुरु भएको थियो।

ब्याट्री र रेञ्ज

भिडा भीवान दुई भेरियन्ट भीवान प्रो र भीवान प्लसमा उपलब्ध छ। भिडा भीवान प्लसमा रहेको ३।९ किलोवाट आवर ब्याट्रीले सिंगल चार्जमा १४३ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ। यस्तै भिडा भीवान प्रोमा रहेको ३।९४ किलोवाट आवर ब्याट्रीले सिंगल चार्जमा १६५ किलोमिटर रेञ्ज प्रदान गर्छ। दुवै स्कुटरको अधिकतम स्पीड ८० किलोमिटिर प्रति घण्टा छ।

चार्जिङ

भिडा भीवान स्कुटर एक मिनेटको चार्जमा १।२ किलोमिटर चलाउन सकिन्छ। भिडा भीवान प्रो ० देखि ८० प्रतिशतसम्म चार्ज हुन ५ घण्टा ५५ मिनेट लाग्छ भने भिडा भीवान प्लसले ५ घण्टा १५ मिनेट समय लिन्छ।

फिचर

भिडा भीवान स्कुटरमा अ लाइटिङ एलईडी दिइएको छ। स्कुटरमा रिमूभेवल ब्याट्री छ जसलाई बाहिर निकालेर चार्ज गर्न सकिन्छ। भिडा भीवानमा टीएफटी डिस्प्लेका साथ ब्लूटूथ र स्मार्टफोन कनेक्टिभिटी लगायत फिचर छ। भिडा भीवानमा मोबाबाइल एप्लीकसेनको माध्यमबाट राइड मोड आवश्यकता अनुसार कस्टमाइज गर्न सकिन्छ। साथै स्कुटरमा २६ लिटरको स्टोरेज स्पेस पनि छ। सेफ्टीका लागि स्कुटरमा ट्रैकिङ फक्सन, रिमोट लकिङ÷अनलाकिङ, सिंगल डिस्क ब्रेक र इमरजेन्सी अलर्ट बटन र क्रुज कन्ट्रोल लगायत फिचर छ।

प्रकाशित: ७ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...