ह्याकरद्वारा टी-मोबाइलको ३ करोड ७० लाख एकाउण्टहरुको डाटा चोरी

  • Technology Khabar | ६ माघ २०७९, शुक्रबार
ह्याकरद्वारा टी-मोबाइलको ३ करोड ७० लाख एकाउण्टहरुको डाटा चोरी

काठमाडौं ।

१८ महिना भन्दा कम समय अवधिमा टी-मोबाइलको दोस्रो पटक डाटा चोरी भएको छ। ह्याकरले ३७ मिलियन ग्राहक खाताहरूबाट नाम, जन्म मिति र फोन नम्बरहरू लगायत डाटाहरु चोरी गरेको क्यारियरले खुलासा गरेको छ।

“ब्याड एक्टर“ ले शुरुमा जनवरी ५ मा डाटा फेला पारेको थियो र त्यसैको अर्को दिन क्यारियरले साइबर सुरक्षा विशेषज्ञहरूको सहयोगमा उक्त होल प्लग्ड गरेको उल्लेख गरिएको छ। टेलिकमको अनुसार सुरक्षा प्रणाली सम्झौताको विषयमा कुनै कमजोरी प्रमाणको रुपमा नभेटिएको र ह्याकरले प्रयोग गरेको संयन्त्रले संवेदनशील डाटाहरु जस्तै सामाजिक सुरक्षा नम्बरहरू, सरकारी पहिचान नम्बरहरू, पासवर्डहरू, वा भुक्तानी कार्डको जानकारीको बारेमा खुलासा नगरेको बताइएको छ।

खुलासा भएको उक्त जानकारीमा नाम, बिलिङ र इमेल ठेगानाहरू, फोन नम्बरहरू, जन्म मितिहरू, टी-मोबाइलका खाता नम्बरहरूका साथै योजनाहरू र सदस्यताहरूको बारेमा जानकारी समावेश थियो भनी उल्लेख गरिएको छ। यद्यपि, लीक भएको डाटामा सबै खाताहरूको पूर्ण सूची नभएको उल्लेख गरिएको छ। त्यसैगरी क्यारियरले राज्य र संघीय आवश्यकताहरू अनुसार प्रभावित पक्षहरूलाई सूचित गर्ने प्रक्रियामा रहेको भनी उल्लेख गरिएको छ।

डेढ वर्ष अघि सन् २०२१ अगस्टमा लगभग ७७ मिलियन टि–मोबाइल खाताहरूबाट डाटा लीक भएको थियो। त्यतीखेर यसमा एसएसएन र ड्राइभर आईडीहरू समावेश भएको उल्लेख गरिएको छ। एक मुद्दा पश्चात कम्पनीलाई ग्राहक दावीहरू समाधान गर्र्न ३५० मिलियन अमेरिकी डलर तिर्न लगाईएको थियो भने कम्पनीको साइबर सुरक्षा अभ्यास र प्रविधिहरू बढाउन १५० मिलियन अमेरिकी डलर थप लगानी गर्न आदेश पनि दिइएको थियो। पछिल्लो फाइलिङमा टी-मोबाइलले उक्त अपग्रेडहरूमा पर्याप्त रुपमा प्रगति गरेको खुलासा गरेको छ।

प्रकाशित: ६ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार