
काठमाडौं ।
शाओमी पोको एक्स५ सिरिज विश्वबजार र भारतमा सार्वजनिक गर्ने तयारीमा छ। विगत केही दिनदेखि पोको एक्स५ र पोको एक्स५ प्रो सम्बन्धित विभिन्न जानकारीहरु लीक भइरहेको छ।
शाओमीले जनवरी २२ मा फ्यानसँग मिटअप कार्याक्रम आयोजना गर्नेछ। तर पोको एक्स५ सिरिज उक्त मिटअप पछि सार्वजनिक हुने सम्भावना रहेको गिगचाइनाले उल्लेख गरेको छ।
सार्वजनिक अघि भारतीय क्रिकेटर हार्दिक पाण्डे पोको एक्स५ प्रो प्रयोग गरिरहेको अवस्थामा देखिएका छन्।
रिपोर्ट अनुसार पोको एक्स५ प्रो पहिले नै भारतमा परीक्षण भइरहेको छ। एक चर्चित भारतीय खेलाडीले डिभाइस परीक्षण गरेको विषय धेरैको सोच बाहिरको थियो। लीक तस्विरमा पाण्डेले एल्लो कलरको पोको एक्स५ प्रो प्रयोग गरेको देखिन्छ।
फोनका लागि फ्लिपकार्डको टिजर हेर्दा सबै कुरा थाहा हुन्छ कि पाण्डे फोनका एम्बेस्डर हुन्। तस्विरमा खेलाडीले फोन प्रयोग गर्नुका साथै कल गरेको पनि देखिन्छ।
पोको एक्स५ प्रो स्पेसिफिकेन
पोको एक्स५ प्रो फाइभजीमा स्न्यापड्रागन ७७८जीमा आउने छ। फोन ६.६७ इन्चको फूल एचडी प्लस एएमओएलईडी स्क्रिनमा १२० हर्ज रिफ्रेस रेट प्रदान गर्छ। डिभाइस १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ।
पोको एक्स५ मा ओआईएस बिना १०८ मेगापिक्सेल मुख्य क्यारा हुनेछ। साथै ८ मेगापिक्सेल अल्ट्रावाइड स्न्यापर र २ मेगापिक्सेल म्याक्रो सेन्सर हुनछ। ५०० एमएएच ब्याट्रीले ६७ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।
प्रकाशित: ६ माघ २०७९, शुक्रबार