
काठमाडौं ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म भुक्तानी सेवा प्रदायक वालेटबाट १७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
मंसिरमा १ करोड ५५ लाख २ हजार १३३ प्रयोगकर्ताले वालेटबाट १७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो।
कार्तिकमा १५ करोड १३ लाख ३ हजार ७३५ प्रयोगकर्ताले वालेटबाट १७ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए।
कार्तिकको तुलनामा मंसिरमा वालेटबाट हुने कारोबार ५० करोड ३० लाख रुपैयाँले बढेको छ।
प्रकाशित: ५ माघ २०७९, बिहीबार