Technology Khabar ४ माघ २०७९, बुधबार
काठमाडौं ।
महिन्द्राले आफ्नो एक्सयूभी४०० इलेक्ट्रिक एसयूभी भारतमा सार्वजनिक गरेको छ। महिन्द्राले एक्सयूभी४०० इलेक्ट्रिक एसयूभी दुई भेरियन्ट ईसी र ईएलमा सोमबार सार्वजनिक गरेको दहिन्दुले उल्लेख गरेको छ।
एक्सयूभी४०० इलेक्ट्रिक एसयूभीको शुरुवाती मूल्य १५ लाख ९९ हजार भारु (एक्स शोरुम) तोकिएको छ। यो शुरुवाती प्रत्येक दुई भेरियन्टको पहिलो ५ हजार बुकिङमा लागू हुनेछ।
महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक एसयूभी ईएलको ३९.४ किलोवाट आवर ब्याट्रीले ४५६ किलोमिटर रेञ्ज प्रदान गर्छ। भने एक्सयूभी४०० इलेक्ट्रिक एसयूभी ईसीको ३४.५ किलोवाट आवर ब्याट्रीले ३७५ किलोमिटर रेञ्ज प्रदान गर्छ। ईभीको ब्याट्री र मोटर वाटरप्रूफ आईपी६७ स्ट्यान्डर्डमा उपलब्ध छ।
महिन्द्राको नयाँ एक्सयूभी४०० इलेक्ट्रिक एसयूभीले ११० किलोवाट पावर र ३१० एनएम टर्क जेनेरेट गर्छ। कार ५ कलर विकल्पः आर्टिक ब्लू, इभरेष्ट वाइट, ग्यालेक्सी ग्रे, नेपोली ब्ल्याक र इन्फिनिटी ब्ल्यूसँग साटिन कपरको डुलअ ट्युन विकल्पमा उपलब्ध छ।
एक्सयूभी४०० इलेक्ट्रिकले ८.३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति लिन सक्छ भने अधिकतम गति १५० किलोमिटर प्रति घण्टा छ। कारमा तीन ड्राइभिङ मोडः फन, फास्ट र फियरलेस छ।
यो वर्ष महिन्द्राले २० हजार यूनिट एक्सयूभी४०० इलेक्ट्रिक डेलिभर गर्ने लक्ष्य राखेको छ। बुकिङ जनवरी २६ देखि खुल्ला हुनेछ। एक्सयूभी४०० ईएलको डेलिभरी मार्च र एक्सयूभी४०० ईसीको डेलिभरी तिहारको समय हुनेछ।
प्रकाशित: ४ माघ २०७९, बुधबार