
काठमाडौं ।
किया कर्पोरेसनले मार्चमा दक्षिण कोरियाको ह्वासेओङमा विद्युतीय सवारी (ईभी) प्लान्टको निर्माण शुरु गर्ने बताएको छ। अटोमेकरले रोजगारी स्तर र प्लान्टको दायरालाई लिएर श्रमिक युनियनहरूसँग सम्झौता गरेपछि ह्वासेओङमा ईभी प्लान्ट शुरु गर्ने घोषणा गरेको जस्टअटोले उल्लेख गरेको छ।
कम्पनीले आफ्नो अटोल्याण्ड ह्वासेओङ कम्प्लेक्स भित्र अवस्थित भवनलाई २०२४ को अन्त्यसम्म सम्पन्न गर्नेछ। ब्याट्रीबाट सञ्चालित सावरीको ठूलो परिणाममा उत्पादन जुलाई २०२५ देखि शुरु हुनेछ।
प्लान्टको प्रारम्भिक ईभी प्रति वर्ष क्षमता १ लाख यूनिट हुनेछ। जसलाई स्थानीय रोबोट्याक्सी, मानवरहित कार्गो वाहक, मूवेबल अफिस र अन्य प्रयोजनका रुपमा प्रयोग गर्न डिजाइन गरिएको छ। आवश्यकता अनुसार प्लान्टको क्षमता २ लाख यूनिट प्रति वर्षसम्म बढाउन सकिन्छ।
रिपोर्ट अनुसार कियाले प्लान्टमा ७५९ जना कामदारहरुलाई रोजगारी प्रदान गर्नेगरी युनियनहरुसँग सहमति गरेको छ। कम्पनीको तयार गरेको योजना भन्दा ३१ प्रतिशत बढी कामदार हुन्। परम्परागत सवारीसाधनको तुलनामा ईभीमा कम कामदार र कम्पोनेन्ट आवश्यक पर्छ। अटोमेकरले कर्मचारीको स्तरको कारणले प्लान्टमा विद्युतीय पावरट्रेन उत्पादन सुविधाहरु स्थापना गर्न पनि सहमति जनाएको छ। कम्पनी मूल रुपमा यी पार्ट्सहरुलाई ठूलो केन्द्रीकृत हुन्डाई मोटर समूह सूविधाबाट स्रोत गर्ने योजना बनाएको थियो।
प्रकाशित: ४ माघ २०७९, बुधबार