
काठमाडौं ।
एप्पलले बेलायतको इङ्लिस प्रिमियम लिग स्ट्रिम गर्ने अधिकारको लागि बिड (खरिद) प्रक्रियामा सहभागी हुने तयारी रहेको छ।
डेल्ली मेलका अनुसार हाल प्रिमियर लिगको ३ वर्षको स्ट्रिम अधिकार बेलायतको स्काई स्पोर्ट्स र बीटी स्पोर्टले प्राप्त गरिरहेका छन्। तीन वर्षिय सम्झौताको म्याद २०२५ मा सकिनेछ। आगामी वर्षको स्ट्रिम अधिकारका लागि २०२३ को अन्य तिर बिडिङ प्रक्रिया शुरु हुनेछ।
अमेरिकी स्वामित्वमा रहेका क्लबहरु जस्तै टोड बोहलीको नेतृत्वको चेल्सीले तीन वर्षका लागि हालको अधिकार ६.२३ बिलियन अमेरिकी डलरमा कम मूल्यांकन भएको विश्वा गर्छन्। अमेरिकी प्रविधि कम्पनीहरुले बिडिङ प्रक्रियामा सहभागी भएर मूल्य बढाउने विश्वास गरिएको छ।
रिपोर्टका अनुसार टेक जायन्ट आफ्नो स्पोर्ट्स कभरेज वितार गर्ने योजनामा छ। एप्पलले एक दशक लामो सम्झौता अन्तर्गत अर्को महिनबाट एप्पल टिभीमा मेजर लिग सकर (एमएलएस) लाई विशेष रुपमा स्ट्रिम गर्ने अधिकार सुरक्षित गरेको छ।
एप्पल र मेजर लिग सकरले १ फेब्रुअरी २०२३ देखि स्ट्रिमिङ सेवा शुरु गर्ने योजना नोभेम्बर २०२२ मा घोषणा गरेका थिए।
‘एमएलएस सिजन पास स्ट्रिमिङ सर्भिसले लाइभ एमएलएस नियमित सिजन खेलहरु, सम्पूर्ण प्लेअफहरु र लिग कमहरु सबै कुनै ब्ल्याकआउट बिना फिचर गरिने छ,’ एप्पलले ब्लगपोष्टमा भनेको छ।
यो सम्झौताले एमएलएसलाई विश्वव्यापी दर्शकहरुर्ला थप सुव्यवस्थित रुपमा पहुँचयोग्य बनाउनेछ।
१ फेब्रुअरीदेखि प्रयोगकर्ताहरुले एप्पल टिभी एपमा प्रति महिना १४.९९ अमेरिकी डलर वा प्रति सिजन ९९ डलरमा सेवाको सदस्यता लिन सक्नेछन्।
प्रकाशित: ४ माघ २०७९, बुधबार