
काठमाडौं ।
स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाख भन्दा बढी डाउनलोड पुर्याउन सफल भएको छ। सोहि अवसरमा माइपे वालेटले मिति २०७९ माघ ३ र ४ गते बेलुका ४ बजेदेखि राती १२ बजेसम्म ५ प्रतिशत बढीमा रु १०० सम्म क्यासब्याक अफर दिने बताएको छ।
स्थापना भई कार्य संचालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलता हात पारेको हो। माइपेमा प्लेस्टोर, एप स्टोर र वेबसाइट समेत गरी हालसम्म ८ लाख भन्दा बढी ग्राहक संख्या पुगिसकेका छन्।
“यो सफलताले निकै उत्साहित भएको माइपे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले बताए। ‘युवा ग्राहक महानुभावहरुको पहिलो रोजाइको वालेट भएकालेनै यो सफलता हाता पारेका हौं,” उनले भने।
डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको यस वालेट मार्फत ग्राहक महानुभावहरुले हवाई टिकट बुकिङ, मोबाइल टपअप सँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरु दिँदै आएको छ। जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरु रहेका छन्।
साथै यस वालेटबाट कुनै पनि कारोबार गर्दा माइपे क्वाइन प्राप्त गर्न सकिन्छ जसको मूल्य १ क्वाइन बराबर रु १ नै हुन्छ। उक्त क्वाइन हरेक कारोबारमा प्रयोग गर्न सकिन्छ । यसका साथै कुनै पनि बैंक खातामा मात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ।
ग्राहक महानुभावहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरु थप गर्दै लगिने कम्पनीले जनाएको छ। माइपे हालैमात्र फोनपे नेटवर्कमा जोडिएको थियो।
प्रकाशित: ३ माघ २०७९, मंगलवार