
काठमाडौं ।
फोल्डेबल स्मार्टफोनको ढुवानी सन् २०२३ मा ४४ प्रतिशत वृद्धि हुने ट्रेन्डफोर्सले अनुमानित रिपोर्ट प्रकाशित गरेको छ।
सुधारिएको बिक्रीको प्रभाव स्वरुप फोल्डेबल ओएलईडी स्मार्टफोनको कारोबार ५०० मिलियन अमेरिकी डलर पुग्नेछ।
गत वर्ष १२.८ मिलियन फोल्डेबल स्मार्टफोन ढुवानी भएको थियो। यो वर्ष ढुवानी बढेर १८.५ मिलियन पुग्ने ट्रेन्डफोर्सको रिपोर्टमा उल्लेख गरिएको जीएसएमएरिनले लेखेको छ।
सामसङले सन् २०२२ मा ८२ प्रतिशत फोल्डेबल बिक्री गरेको थियो किनकी अन्य उत्पादकहरु शाओमी, ओप्पो र भिभोले आफ्नो डिभाइस चीनमा मात्र बिक्री गर्नुका साथै सिमित मात्रामा उत्पादन गरेका थिए।
फोल्डेबल बिक्रीको संख्याहरु ट्रेन्डफोर्स विश्लेषणको वाई प्रोडक्ट मात्र हुन्। जुन मुख्य रुपमा हिंजहरुको लागि बजारमा केन्द्रित थियो। हाल दुई प्रकारका हिंजहरु छन्ः टियरड्रप सेप्ड र यू सेप्ड। टियरड्रपले कम्प्लेक्स पार्ट र र यू सेप्डको भन्दा धेरै गुणा बढी लागत देखाउँछ।
विश्लेषणको भविष्यवाणी अनुसार फोल्डेबल मोडलहरुको शुरुवाती मूल्य बढ्दै जानेछ, निर्माताहरुले लागत प्रभावी कम्पोनेन्टहरु खोज्नेछन्, यसको शुरुवात हिंजबाट हुनेछ।
यसले समग्रमा हिंज बजार वार्षिक १४.६ प्रतिशतले बढेर ५०० मिलियन अमेरिकी डलर पुग्नेछ। जसमा मुख्य खेलाडीहरु केएच भटेक र एस-कनेक्ट हुन्। दुबैले सामसङलाई ‘यू सेप्ड हिंज’ आपूर्ति गर्छन्। अधिक जटिल हिंज अपनाएका ब्रान्डहरुले एम्फेनोल र एशिया भाइटल कम्पोनेन्ट लगायत निर्माताहरुसँग काम गरिरहेका छन्।
प्रकाशित: ३ माघ २०७९, मंगलवार