
काठमाडौं ।
अटो एक्स्पो २०२३ मा टाटा मोटर्सले आफ्नो कन्सेप्ट इलेक्ट्रिक कारहरु प्रस्तुत गरेको छ। कम्पनीले अटो एक्स्पोको तेस्रो दिन जनवरी १४ मा आफ्नो टियागो ईभी ब्लिट्ज सार्वजनिक गरेको छ। टियागो ईभी ब्लिट्जलाई कम्पनी फरक रंग र डिजाइनका साथ प्रस्तुत गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
टियागो ईभी ब्लिट्जको डिजाइन स्ट्यान्डर्ड मोडल जस्तै छ तर यसमा फरक लुक दिनका लागि केही नयाँ एलिमेन्ट्स दिइएको छ। यसमा ब्ल्याक ह्वील आर्च, लो प्रोफाइल टायर, ब्ल्याकआउट १५ इन्च अलोय ह्वील्स र बम्परमा होरिजन्टल लाइनिङ दिइएको छ। समग्रमा भन्नु पर्दा टाटाले टियागो ईभी ब्लिट्ज एडिसनमा स्पोर्टी लुक्स दिइएको छ। यस एडिसनमा कम्पनीले ब्लू एक्सेन्ज पूर्ण रुपमा हटाएको छ। यसको सट्टा ब्ल्याक एक्सेन्ट दिइएको छ।
कम्पनीको तर्फबाट टियागो ईभी ब्लिट्ज आधिकारिक रुपमा सार्वजनिक हुने मिति घोषणा गरिएको छैन। रिपोर्टका अनुसार २०२३ को मध्यमा टाटाले टियागो ईभी ब्लिट्ज बजारमा ल्याउने अपेक्षा गरिएको छ। टियागो ईभी ब्लिट्जलाई टप मोडलको रुपमा सार्वजनिक गरिनेछ र यसको मूल्य स्ट्यान्डर्ड टियागो ईभीभन्दा धेरै हुने अनुमान गरिएको छ।
टियागो ईभी दुई ब्याट्री विकल्पमा ७ भेरियन्टमा उपलब्ध छ। यसको शुरुवाती मूल्य ८.४९ लाख भारुदेखि ११ लाख ७९ हजार भारु (एक्स शोरुम) तोकिएको छ।
प्रकाशित: ३ माघ २०७९, मंगलवार