
काठमाडौं ।
होण्डाले चीनमा तीन ओटा नयाँ ईलेक्ट्रिक स्कुटरहरु रिलिज गरेको छ। होण्डाको ड्याक्स, कब र जुमर मोटरसाइकलका मोडलहरुमा आधारित भई ईलेक्ट्रिक भर्सनको रुपमा उक्त तीन नयाँ ईलेक्ट्रिक स्कुटरहरु तयार पारिएको बताइएको छ।
उक्त नयाँ स्कुटरहरु होण्डाद्वारा दिगोपनमा केन्द्रित ईभी उत्पादनहरुको बढ्दो संग्रहमा सामेल हुनेछ। युवा जमातलाई लक्षित गरी उक्त नयाँ मोडलहरु निर्माण गरिएको होण्डाले बताएको छ।
होण्डाले टु–ह्वीलर्स र फोर–ह्वीलर्स सवारीसाधन दुवैमा आफ्नो ईभी पोर्टफोलियाको विस्तार क्रम जारी राखेको छ। जापानी अटो जायन्ट दशकौँ देखि टु–ह्वीलर इन्डस्ट्रीमा रहेतापनि विद्युतिय प्रविधिलाई भने बिस्तारै अँगालिरहेको छ। साथै होण्डाले सन् २०२५ सम्ममा दसवटा नयाँ विद्युतीय मोटरसाइकलहरु सार्वजनिक गर्ने योजना बनाएको बताइएको छ।
कम्पनीले हाल उत्पादन गरेको उक्त नयाँ ई–स्कुटरको लाइनअपहरु आफ्नो पहिलेको ग्यास–पावर्ड मोटरसाइकलहरुको भर्सन रहेको उल्लेख छ। त्यसैगरी होण्डाको ड्याक्स, कब र जुमरको पेडल–एस्सिटेड भर्सनहरु अब चिनियाँ बजारमा उपलब्ध भइरहेको बताएको छ।
होण्डाको उक्त नयाँ ई–स्कुटरहरुले आफ्नो ग्यास–पावर्ड प्रतिरुपहरुबाट उपनाम (मोनिकर) प्राप्त गरेका हुन्। उक्त तीन ओटा नयाँ ईलेक्ट्रिक स्कुटरहरुको नाम क्लब ई, ड्याक्स ई र जुमर ई रहेको छ। साथै होण्डाका उक्त नयाँ तीन मोडेलहरू डिस्प्लेस्मेन्ट स्कूटरहरूको रुपमा अत्यन्त सफल साना स्कूटरहरू रहेको दाबी छ। त्यसैगरी तीनवटा नयाँ इ–बाइकहरुको डिजाइन आकर्षक र विशेष रहेको र तिनीहरूले एस०७ र मुजीएक्स होण्डाका ई– बाइकहरुको पनि केही झल्को दिने उल्लेख गरिएको छ।
नयाँ होण्डा इ–बाइकहरुको चीनमा इलेक्ट्रिक बाईसाइकल (ईबी) वर्गअन्तर्गत रहेकोले गर्दा तिनीहरुको गति अधिकतम २५ किलोमिटर प्रति घण्टा निर्धारण गरिएको बताइएको छ। उक्त नयाँ इ–बाइकहरुले आफ्नो फिचर र डिजाइनका साथ जेनेरेसन जेडको आवश्यकतालाई अपील गर्ने होन्डाले बताएको छ।
उक्त नयाँ मोडलहरुको मूल्यको बारेमा भने केहि पनि उल्लेख गरिएको छैन्। त्यसैगरी इ–बाइकहरुको सूचीमा वर्गीकृत भएको हुनाले तिनीहरुको सञ्चालनको लागि इजाजतपत्र आवश्यक नपर्ने उल्लेख छ। ड्राइभिङ लाइसेन्स प्राप्त गर्न उमेर हदबन्दी भएपनि उक्त इ–बाइकहरु कम उमेर वा ड्राइभिङ लाइसेन्स नभएका युवाहरुले पनि प्रयोग गर्न सक्नेछन् ।
प्रकाशित: २ माघ २०७९, सोमबार