
काठमाडौं ।
जीपको पहिलो फुल इलेक्ट्रिक एभेन्जर युरोपियन कार अफ दि इयर भएको छ। ग्राहकका लागि २०३ मार्चको अन्त्यसम्म एभेन्जर ईभी डेलिभरी हनेछ। यस्तोेमा पनि जीपले आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै युरोपियन कार अफ दि इयर भएको हो।
जीपले कुल ३२८ भोट प्राप्त गरेको थियो भने दोस्रो स्थानमा रहेको भीडब्ल्यू आईडी बुजले २४१ मत प्राप्त गरेको थियो। यस मतदान प्रक्रियामा युरोपका वरिष्ठ अटोमोटिभ पत्रकारहरुको सहभागिता थियो।
युरोपेली कार अफ द इयरका लागि अन्य मनोनीतहरूमा किया निरो ईभी, निशान अरिया र रेनो अस्ट्रल समावेश थिए। जूरीहरुले एभेन्जरको सफलताको लागि धेरै कारणहरु उल्लेख गरेका थिए, त्यसमध्ये एभेन्जरको मूल्यलाई प्रमुख कारणको रुपमा उल्लेख गरिएको थियो। एभेन्जर ईभीको शुरुवाती मूल्य ३९ हजार ५०० युरो तोकिएको छ।
एभेन्ज ट्रंक स्पेस र लेगरुमका साथ धेरै व्यावहारिक भएको बताइएको छ। २४८ माइल रेञ्ज यस मूल्य विन्दुको लागि प्रतिस्पर्धी छ।
फ्रन्ट–व्हील ड्राइभ एभेन्जर ५४ किलोवाट आवर ब्याट्री प्याकद्वारा सञ्चालित छ। १५२ हर्स पावरमा ० देखि ६० माइल प्रति घण्टा करिब ९ सेकेन्डमा प्राप्त गर्छ, प्रदर्शन स्पष्ट रूपमा प्राथमिकता होइन।
प्रकाशित: २ माघ २०७९, सोमबार