हवाईजहाज दुर्घटना बारे जानकारी दिन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने

  • Technology Khabar | १ माघ २०७९, आईतवार
हवाईजहाज दुर्घटना बारे जानकारी दिन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने

काठमाडौं ।

पोखरामा आज भएको हवाईजहाज दुर्घटनाको बारेमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना हुने भएको छ।

बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले कल सेन्टर स्थापना गर्ने निर्णय गरेको हो।

अर्थमन्त्री तथा सरकारका प्रवक्ता विष्णु पौडेलले दुर्घटनामा परेकाका परिवार आफन्त लगायतले यसबाट जानकारी लिन सक्ने जानकारी दिए।

उनकाअनुसार घटनाका बारेमा जानकारी लिन चाहने परिवार, आफन्त तथा अन्य सरोकारवालाहरूलाई सम्पर्क गर्न, विश्वसनीय सूचना प्रवाह गर्नको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ।

दुर्घटनामा अहिलेसम्म कम्तीमा पनि २९ जनाको मृत्यु भएको छ भने शवहरु गण्डकी अस्पतालमा पुर्याईएको छ।

यसका साथै सरकारले भोली सोमबार शोक बिदा दिने घोषणा समेत गरेको छ।

प्रकाशित: १ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार