
काठमाडौं ।
चीनको अलिबाबा समूहले बिहीबार ब्लक सम्झौतामार्फत भारतीय डिजिटल भुक्तानी फर्म पेटीएमको शेयर बेचेको छ।
अलिबाबाले पेटिएमको ३.१ प्रतिशत हिस्सेदारी कुल १२५ मिलियन डलरमा बेचेको यस विषयमा प्रत्यक्ष जानकारी भएको स्रोतलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।
दिउँसोको कारोबारमा कम्पनीको शेयर ८.८ प्रतिशतले घटेर ५२८ भारतीय रुपैयाँमा पुगेको थियो र पछिल्लो समय दिउँसो भारतीय समय ३ बजेसम्म ५.८ प्रतिशतले घटेको थियो।
सेप्टेम्बरको अन्त्यसम्म पेटीएममा ६.२६ प्रतिशत सेयर रहेको अलिबाबाले प्रतिसेयर ५३६.९५ रुपैयाँमा सेयर बेचेको रिपोर्टमा उल्लेख छ।
मोर्गन स्टेनलीले अलिबाबालाई सम्झौतामा सल्लाह दिएको थियो।
तेस्रो त्रैमासिकका लागि बलियो प्रारम्भिक तथ्याङ्कहरू रिपोर्ट गरेपछि पेटीएमको स्टक यो वर्ष लगभग ९ प्रतिशतले बढेको छ। कम्पनीले डिसेम्बरमा सेयर बाइब्याक घोषणा गरे तापनि यो ६० प्रतिशत घाटाको साथ सन् २०२२ मा बन्द भयो।
औपचारिक रूपमा वन९७ कम्युनिकेसन्सको रूपमा चिनिने पेटीएम सन् २०२१ मा मेगा २.५ बिलियन डलरको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) पछि सूचीबद्ध भएको हो।
प्रकाशित: १ माघ २०७९, आईतवार