ईभी चार्जिङलाई गति दिन टाटा पावरले भारतमा २५ हजार ईभी चार्जिङ प्वाइन्ट स्थापना गर्ने

  • Technology Khabar | १ माघ २०७९, आईतवार
ईभी चार्जिङलाई गति दिन टाटा पावरले भारतमा २५ हजार ईभी चार्जिङ प्वाइन्ट स्थापना गर्ने

काठमाडौं ।

भारतमा विद्युतीय सवारी साधन (ईभी) को चार्जिङ समाधान उपलब्ध गराउने सबैभन्दा ठूलो कम्पनी मध्येको एक टाटा पावरले आगामी ५ वर्षमा देशमा २५,००० ईभी चार्जिङ प्वाइन्ट स्थापना गर्ने योजना बनाएको छ। कम्पनीले हाल भारतमा जारी अटो एक्स्पोमा आफ्नो हाईटेक ईभी चार्जिङ सलुसन्स प्रदर्शन गरेको छ।

कम्पनीले आफ्नो ईभी चार्जिङ नेटवर्क ईजेड चार्जसँग सम्बन्धित प्रविधि अटो एक्सपोमा देखाइरहेको जनाएको छ। टाटा पावर ईजेड चार्ज, इभी चार्जिङका लागि कम्पनीको मोबाइल एपले निकटतम चार्जिङ स्टेशन, चार्जिङ प्वाइन्टको उपलब्धता र चार्जिङ स्थिति पत्ता लगाउन सजिलो बनाउँछ।

टाटा पावरले ३,६०० भन्दा बढी सार्वजनिक वा अर्ध-सार्वजनिक चार्जरहरू र २३,५०० भन्दा बढी आवासीय चार्जरहरू उपलब्ध गराएको छ। यी मध्ये धेरै फास्ट चार्जिङ प्रविधिसंग सुसज्जित छन्। यी चार्जिङ प्वाइन्टहरू मल, होटल, एयरपोर्ट र अफिस कम्प्लेक्स जस्ता महत्त्वपूर्ण स्थानहरूमा छन्।

टाटा समूहको अटोमोबाइल कम्पनी टाटा मोटर्सले गत वर्षको अन्त्यमा इभी खण्डमा ठूलो कोसेढुङ्गा हासिल गरेको थियो। कम्पनीले ५० हजार विद्युतीय कार उपलब्ध गराउने कोशेढुङ्गा पुरा गरेको छ। भारतमा विद्युतीय सवारी साधन (इभि)को बिक्री तीव्र गतिमा बढिरहेको छ। कार्बन उत्सर्जन घटाउन र इन्धन आयात घटाउन केन्द्र सरकारले इभीहरुलाई प्रवर्द्धन गर्ने उपायहरू अपनाएको छ।

टाटा मोटर्सले ईभी सेग्मेन्टमार्फत वृद्धि बढाउने तयारी गरेको छ। टाटा मोटर्सले आगामी ५ वर्षमा १० वटा ईभी लन्च गर्ने योजना बनाएको छ। टाटा मोटर्सले विद्युतीय सवारीमा देशका जनताले चासो लिएको विश्वास लिएको छ। यी सवारी साधनहरूले इन्धनको बढ्दो मूल्य र प्रदूषण जस्ता समस्याहरूको समाधान दिन्छन्। कम्पनीले ग्राहकहरूको ईभी आवश्यकताहरू पूरा गर्न मल्टि मोड रेजेन र मल्टि ड्राइभ मोड जस्ता सुविधाहरू ल्याएको छ।

प्रकाशित: १ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार