पाँच महिनामा १६ अर्ब ५६ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात

Technology Khabar ३० पुष २०७९, शनिबार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० को मंसिरसम्ममा १६ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांक अनुसार १६ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएको देखिएको छ।

अघिल्लो आवको पहिलो पाँच महिनामा २८ अर्ब १५ करोड ८७ लाख रुपैयाँ टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएको थियो। गत आवको सोही अवधिको तुलनामा चालु आवमा टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात ४१.२ प्रतिशतले घटेको छ।

नेपालमा सबैभन्दा बढी टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् चीनबाट आयात हुने गरेको देखिन्छ।

चीनबाट चालु आवमा १२ अर्ब ८ करोड ११ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ।

भारतबाट ३ अर्ब ५६ करोड ६० लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ।

अन्य मुलुकबाट ९२ करोड १३ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात आयात भएको देखिन्छ।

 

प्रकाशित: ३० पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया