रायन रेनोल्ड्सको मिन्ट मोबाइलाई टी मोबाइलले किन्ने

  • Technology Khabar | ३० पुष २०७९, शनिबार
रायन रेनोल्ड्सको मिन्ट मोबाइलाई टी मोबाइलले किन्ने

काठमाडौं ।

अमेरिकन–क्यानडियन कलाकार रायन रेनोल्ड्सको मिन्ट मोबाइल कम्पनीले टी मोबाइलले किन्ने भएको छ। ब्लूमबर्गको रिपोर्ट अनुसार बजेट वायरलेस कम्पनी प्राप्ती गर्ने विषयमा टी मोबाइल वार्तामा रहेको छ।

रायन रेनोल्ड्सले सन् २०१९ मा मिन्ट मोबाइलको २० देखि २५ प्रतिशत स्वामित्व किनेका थिए। रेनोल्ड्ले कम्पनीको विज्ञापनमा देखा परेर ब्रान्ड निर्माण गर्न पनि मद्दत गर्नुका साथै प्रमुख वायरलेस क्यारियरहरु भन्दा किफायती विकल्पको रुपमा स्थापित गरेका थिए। टी मोबाइलले मिन्ट मोबाइल खरिद गरेपछि रेनोल्ड्स कम्पनीमा रहन्छ वा सेयर बिक्री गरेर बाहिरिन्छ भन्ने अझै पनि स्पष्ट छैन।

भर्चुअल नेटवर्क अपरेटरको रुपमा मिन्ट मोबाइलले टी मोबाइलको नेटवर्क पहिलेदेखि प्रयोग गर्दै आइरहेको छ। मोबाइल भर्चुअल नेटवर्क अपरेटरले वायरलेस सर्भिस प्रदान गर्छ तर वायरलेस नेटवर्क पूर्वाधारमा भने स्वामित्व हुँदैन। यदि प्राप्ती प्रक्रिया अघि बढेमा टी मोबाइललाई मिन्टका सब्स्क्राइबरलाई आफ्नो नेटवर्कमा ट्रान्सफर गर्न सहज हुनेछ।

अमेरिकाका तीन ठूलो मोबाइल कम्पनीहरु भेरिजोनाको १४२.८ मिलिनय, टी मोबाइल ११० मिलियन र एटी एण्ड टी मोबिलिटीको सब्स्क्राइबर १०१.८ मिलियन रहेको २०२२ को दोस्रो क्वारटको रिपोर्ट अनुसार। मिन्ट मोबाइलको मुख्य कम्पनी अल्ट्रा मोबाइलको सम्पूर्ण नेटवर्कमा अधिकतम २ देखि ३ मिलियन सब्स्क्राइबर छन्।

टी मोबाइले सम्पूर्ण अल्ट्रा मोबाइल खरिद गर्न खोजेको हो कि मिन्ट मोबाइलमा मात्र इच्छा जाहेर गरेको भन्ने विषय पनि प्रष्ट छैन।

सन् २०२१ मा मिन्ट मोबाइल ६०० देखि ८०० मिलियन अमेरिकी डलरमा बिक्रीमा राखिएको थियो।

प्रकाशित: ३० पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...