३६० डिग्री क्यामरा भएको इलेक्ट्रिक स्कुटर, डिस्प्लेबाट चारै दिशा हेर्न सकिने

  • Technology Khabar | २९ पुष २०७९, शुक्रबार
३६० डिग्री क्यामरा भएको इलेक्ट्रिक स्कुटर, डिस्प्लेबाट चारै दिशा हेर्न सकिने

काठमाडौं ।

अटो एक्स्पो २०२३ मा एलएमएलले बिहीबार आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एलएमएल स्टार इलेक्ट्रिक स्कुटर शोकेस गरेको छ।

साथै कम्पनीले एलएमएल स्टार इलेक्ट्रिक स्कुटरको बुकिङ शुरु गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

एलएमएल स्टार इलेक्ट्रिक स्कुटर आफ्नो डिजाइनमा धेरै फ्यूचरिस्टिक देखिन्छ। यसमा रेड एक्सेन्टका साथै ब्ल्याक र ब्ल्याक ह्वाइट कलरको डुअल टोन थिम देख्न सकिन्छ। स्कुटरमा एलईडी डेटाइम रनिङ ल्यापका साथ एलईडी प्रोजेक्टर हेडल्याप छ। स्कुटरमा ३६० डिग्री क्यामरा, हैप्टिक फीडब्याक र एलईडी लाइटिङ दिइएको छ।

एलएमएल स्टार इलेक्ट्रिक स्कुटरमा एउटा इन्टरेक्टिभ डिस्प्ले छ। यो धेरै कस्टमाइजेबल छ र टेक्स्ट देखिन्छ। जसलाई ग्राहकको मूड अनुसार कस्टमाइज गर्न सकिन्छ। अन्य फिचरमा एम्बीएन्ट लाइट, डीआरएल, ब्याक लाइट र इन्डिकेटर्स छ।

सान्दार डिजाइन र उत्कृष्ट फिचर्सका कारण एलएमएल स्टार इलेक्ट्रिक भारतमा लोकप्रिय हुनुका साथै युरोप, अमेरिका, जापान र अस्ट्रेलिया लगायत विकसित बजारमा पनि ठूलो परिणामा निर्यात गरिन्छ।

एलएमएल स्टार इलेक्ट्रिक स्कुटरमा एबीएस, रिभर्स पार्क असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टमलगायत सेफ्टी फिचर छ। यसमा पावरफुल मोटर र ब्याट्री छ।

फुटबोर्डमा रहेको रिमूभेबल ब्याट्रीका कारण स्कुटर ग्रेभिटीको सबै भन्दा राम्रो केन्द्र प्रदान गर्ने र यस सेगमेन्टमा सबैभन्दा धेरै बूट स्पेस भएको कम्पनीको दाबी छ।

इलेक्ट्रिक स्कुटरको शुरुवाती मूल्य १ लाख भारु (एक्स शोरुम) हुने अपेक्षा गरिएको छ। भारतमा एलएमएल स्टारको प्रतिस्पर्धा बजाज चेतक, टीभीएस आईक्यूब, ओला एसवान, भिडा भीवान, सिम्पल वान र अर्थर ४५०एक्ससँग हुनेछ।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार