सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरेर ठगी गर्ने व्यक्ति पक्राउ

  • Technology Khabar | २९ पुष २०७९, शुक्रबार
सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरेर ठगी गर्ने व्यक्ति पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरेर ठगी गर्ने २३ वर्षिय मनम घर्ति पक्राउ परेका छन्। सुर्खेत भेरीगंगा नगरपाकिका घर भई हाल काठमाडौं नागार्जन नगरपालिका बस्ने भर्तीलाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि पुस २६ गते जिल्ला पहरी परिसर, काठमाडौं पठाइएको छ।

घर्तिले सामाजिक सञ्जला फेसबुक, ह्वाट्सएप, आईएमओ, लगायत एपहरुको दुरुपयो गरी आकर्षक तलब, सुविधामा फ्रान्स, स्विजरल्याण्ड लगायत विकसित देशहरुमा रोजगारीको अवसर रहेको भनी विज्ञापन गर्दै आइरहेका थिए।

विज्ञापनको आधारमा सम्पर्कमा आएका व्यक्तिहरुलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बोलाई भेटी भिसा प्रोसेसिङका लागि उनीहरुको सक्कल कागजात मागेर बैंक खातामा जम्मा गर्न लगाउने गरेका थिए।

यस्तै उनीहरुको नागरिकता तथा राहदानी समेतका कागजातहरुको प्रतिलिपी मोबाइल सेवा प्रदायक मम्पनीहरुमा पेश गरी उनीहरुको मोबाइल नम्बर निकाली सिम डुब्लिकेसन गर्ने गरेका थिए। पिडितहरुको मोबाइल बैंकिङमा पहुँच पुर्याई रकम अन्यत्र ट्रान्सफर गरी ठगी गरेको भन्ने आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार