Technology Khabar २९ पुष २०७९, शुक्रबार
काठमाडौं ।
एप्पलले हाल एयरपड्स म्याक्स हेडफोनको अपडेटमा कार्य गर्नुका साथै ९९ अमेरिकी डलर टार्गेट प्राइसको लक्ष्य मूल्यको साथ एयरपड लाइटको विकश कार्यमा लागि रहेको विश्लेषक मिङ्ग–ची कुओले उल्लेख गरिएको छ। यद्यपी एप्पलको उक्त नयाँ प्रोडक्टहरु छिट्टै नआउने र किफायती एयरपडस् पनि २०२४ को मध्य भाग पछि मात्रै सार्वजनिक हुने सम्भावना रहेको ९टु५म्याकले रिपोर्ट गरेको छ।
एप्पलले बजारमा उपलब्ध धेरै सस्ता वायरलेस बडहरूको केही बजार सेयर ओगट्नका निम्ति एयरपड लाइट ल्याउन लागेको अनुमान गरिएको छ। हालको एयरपड २ लाई १२९ अमेरिकी डलर पर्ने र एयरपड ३ को मूल्य १२९ अमेरिकी डलर रहेको छ। यद्यपी एप्पलको ती दुबै एयरपडहरुमा एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) नभएको र ओप्पो जस्ता अन्य कम्पनीहरुले एएनसी भएका हेडसेटहरु १०० डलर भन्दा कम मूल्यमा बिक्रि गरिरहेको बताइएको छ।
एप्पलको ध्यान आफ्नो एआर हेडसेटमा केन्द्रित हुने भएकोले अन्य प्रोडक्टहरुका लागि म्युटेड २०२३ निम्त्याउने ब्लूम्बर्गका मार्क गुर्मनले बताएका छन्। तसर्थ नयाँ अडियो प्रोडक्टस्हरु छिट्टै नै नआउने भनी मार्कले थप जानकारी दिएको बताइएको छ।
त्यसैगरी नेक्स्ट–जेनरेसन एयरपडका साथै सस्तो मोडलका एयरपडहरुको सिपिङ २०२४ को दोस्रो भाग वा २०२५ को शुरुको भाग बाट थालनी हुन सक्ने कुओले बताएका छन्। यद्यपी कुओले एप्पलले एयरपड्स म्याक्सको लक्षित मितिको बारेमा अन्य केही पनि नबताएको र त्यसैगरी कम्पनीले पनि २०२० को डिसेम्बरमा लन्च गरेपश्चात कुनै अपडेटहरु नगराएको बताइएको छ।

एप्पलले अपडेटेड डिजाइनका साथ २०२१ को थर्ड–जेनरेसन एयरपड्समा स्पेसियल अडियो डाइनामिक हेड ट्र्याकिङ, एड्याटिभ ईक्यू, आईपीएक्स४ स्वेट एण्ड वाटर रेजिस्टेन्ट, लंगर ब्याट्री लाइफ, इम्प्रूभ्ड स्पिच क्वालिटिका साथै अन्य थुप्रै फिचरहरु समावेश गरेको थियो।
प्रकाशित: २९ पुष २०७९, शुक्रबार