
काठमाडौं ।
डिजी पे प्रालि र ट्वान्टी फस्ट टेक प्रालि बीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ।
डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बानेश्वरस्थित सामाजिक सञ्जालको डिजिटल मार्केटिङ्ग तथा वेबसाइट र एप बनाउने ट्वान्टी फस्ट टेकसँग सहकार्य गर्ने सम्झौता गरेको हो ।
सहकार्यको सम्झौताअनुसार डिजी पे ले ल्याएको व्यवसाय आबद्ध योजनाअन्तर्गत डिजी पे मा आबद्ध हुने व्यवसायीहरुले डिजिटल मार्केटिङ्गद्वारा आफ्नोे बजार विस्तार गर्न सक्नेछन् ।
सम्झौताअनुसार ट्वान्टीफस्ट टेक प्रालिको ३० हजार पर्ने प्रिमियम प्याकेजलाई १५ हजार मात्र तिरेर डिजी पेमा आवद्ध व्यवसायीले लाभ लिन सक्नेछन् । यसका साथै वेबसाइट र एप निर्माणमा पनि ट्वान्टी फस्टले ५० प्रतिशतसम्मको छुट दिने बताईएको छ।
ट्वान्टीफस्ट टेकका प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहालले सम्झौता कार्यक्रममा भनिन्,‘ यस सहकार्यले सबै डिजी पे मा आबद्ध व्यवसायीलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ प्राप्त हुनेछ।’
डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले ट्वान्टीफस्ट टेकसँग सहकार्य गरि आफ्ना व्यवसायलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए। उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत डिजिटल मार्केटिङ्ग क्षेत्रलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि भएको छ। यसैगरी अरु पनि विभिन्न संस्थाहरुसँग पनि सहकार्य गरि आफुसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधाहरु दिने योजना रहेको उनले बताए।
सम्झौतापत्रमा ट्वान्टीफस्ट टेक प्रा।लि।का प्रमुख कार्यकारी अध्यक्ष दाहाल र डिजी पे का अध्यक्ष पाण्डेले हस्ताक्षर गरेको जनाईएको छ।
प्रकाशित: २८ पुष २०७९, बिहीबार