
काठमाडौं ।
ई.ओ.एल. प्रा. लि., नेपालमा केन्ट भारत ब्रान्डको एक मात्र आधिकारिक वितरक, जसको पहिले नै विभिन्न प्रकारका विद्युतीय वस्तुहरू छन्, अहिले केन्ट ब्रान्डका नयाँ एम.सी.बि. र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ ।
यस अन्तर्गत, बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट सीक्स ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स फोर एम (५*३) – २१ गज, मेटल बक्स २१ गज, नेक्स एम.सी.बि. टि.पि.एन. सिरिज आदि उपलब्ध छन्।
सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताहरूले भरिपूर्ण छ। सबै सामानहरू नेपालभरि बजारमा सजिलै पाइने जानकारी दिएको छ।
कम्पनीकाअनुसार केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन्।
केन्ट भारतीय ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो।
प्रकाशित: २८ पुष २०७९, बिहीबार