युनिभर्सल अडियोको दुई नयाँ प्रिमियम माइक्रोफोन सार्वजनिक

Technology Khabar २८ पुष २०७९, बिहीबार

काठमाडौं ।

युनिभर्सल अडियोले दुई  माइक सार्वजनिक गरेको छ। युनिभर्सले अडियो एल२२ को उत्पादनसँगै गत वर्षदेखि माइक्रोफोन मोडलिङको क्षेत्रमा प्रवेश गरेको थियो। उक्त नयाँ माइकहरुले विषेश गरी बेडरूम संगितकर्मीहरूलाई बढी अपील गर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

युनिभर्सल अडियो अधिक महँगो गियरहरुको गुणस्तरीय नक्कल गर्ने इमुलेशन सफ्टवेयरलको लागि परिचित रहेको उल्लेख गरिएको छ।

स्फेयर डीएलएक्स हाईयर–इन्ड मोडलको मूल्य १,४९९ अमेरिकी डलर रहेको छ। स्फेयर डीएलएक्स मोडलको माइकले ३८ क्लासिक रिबन, कन्डेन्सर, डाईनामिक स्टुडियो माइकका साथै न्यूम्यान, टेलिफनकेन, एकेजी, सोनी लगायत अन्य मोडेलहरूको अनुकरण गर्ने भनी बताइएको छ।

त्यसैगरी डीएलएक्सको एउटै माइकले अक्वुस्टिक गिटारका साथै ड्रमहरुको ओभरहेड स्टेरियो साउण्ड क्याप्चर गर्न सक्षम रहेको  छ। बेडरुम स्टुडियोका लागि उपयुक्त आईएसओस्फेयर प्रिसेटका साथै पपुलर आइसोलेसन फिल्टरहरुको प्रयोगले कोठा भित्र सजिलैसँग क्लिनर र प्रोफेस्नल रेकर्डिङ गर्न सकिने युनिभर्सल अडियोले बताइएको छ।

स्फेयर डीएलएक्सको तुलानमा स्फेयर एलएक्स भने सानो र केहि सस्तो मोडल हो। स्फेयर एलएक्स मोडलले २० रिबन, कन्डेन्सर र डाईनामिक माइकको मोडेलहरू सपोर्ट गर्नेछ। स्फेयर एलएक्सको मूल्य ९९९ अमेरिकी डलर तोकिएको छ। त्यसैगरी स्फेयर एलएक्समा डुअल गोल्ड–स्पटर्ड डायाफ्राम समावेश गरिएको हुनाले उक्त माइकले धेरै नोइज नदिने भनी युनिभर्सल अडियोले उल्लेख गरेको छ।

नयाँ माइको दुबै मोडेलहरूले कुनै डिजिटल अडियो वर्कस्टेशन (डीएडब्ल्यू) मा कुनै पनि इन्टरफेससँग ट्र्याक गरेपछि माइकको प्रकार, पोलार प्याटर्न र अन्य विशेषताहरू परिवर्तन गर्न सकिने भनी युनिभर्सल अडियोल बताएको छ। त्यसैगरी एपोलो इन्टरफेस प्रिसेटले प्रयोगकर्तालाईहरूलाई नियर–जीरो ल्याटेन्सीको साथ छिटो तवरमा प्रोफेस्नल साउण्डीङ अडियो प्राप्त गर्न मद्दत गर्नेछ।

साथै दुबै माइकहरुको सिपिङमा क्यारिइंग केस, माइक स्ट्याण्ड माउण्ट र केबल(स्फेयर डीएलएक्सको लागि २५ फिट र स्फेयर एलएक्सको लागि १० फिट) पनि समावेश गरिएको छ। स्फेयर डीएलएक्समा शक माउण्ट पनि थप उपलब्ध हुनेछ।

आफ्नो साउण्ड क्वालिटि अपग्रेड गर्न चहानेहरुका साथै अनुभवि पोडकास्टर्स, स्ट्रिमर्स र संगीतकारहरुका लागि युनिभर्सल अडियोको स्फेयर माइकहरु उपयोगी हुनेछ। त्यसैगरी उक्त माइकहरुको विश्वव्यापी रुपमा सिपिङ थालिएको छ।

*डिजिटल अडियो वर्कस्टेशन (डीएडब्ल्यू) भनेको एक इलेक्ट्रोनिक उपकरण वा अनुप्रयोग सफ्टवेयर हो जुन अडियो फाइलहरू रेकर्डिङ, सम्पादन र उत्पादन गर्न प्रयोग गरिन्छ।

प्रकाशित: २८ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया