
काठमाडौं ।
चीनको इलेक्ट्रिक सवारी निर्माता बीवाईडीले इन्डियन अटो एक्स्पो २०२३ मा आफ्नो इलेक्ट्रिक सेडान बीबाईडी सिल प्रस्तुत गरेको छ। बीवाईडीले यस इलेक्ट्रिक सेडान भारतमा २०२३ को चौथो क्वाटरमा सार्वजनिक गर्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
इलेक्ट्रिक बीबाईडी सिल ई प्लेटफर्म ३.० आर्किटेक्चरमा आधारित छ। यसमा बीवाईडी एटो३ एसयूभी तयार गरिएको थियो।
एक्स्पोमा कम्पनीले ईभीलाई आकर्षक फरेष्ट ग्रीन रंगमा प्रस्तुत गरेको छ। अन्तर्राष्ट्रिय बजारमा बीबाईडी सिलको प्रतिस्पर्धा टेस्ला मोडल ३ सँग छ।
इलेक्ट्रिक सेडान ४८०० मिली लामो, १८७५ मिमी चौडा र १४६० मिमी अग्लो छ। यसको तुलनमा टेस्ला मोडल ३ लम्बाई, चौडाई र उचाईमा छोटो छ। यसका साथै बीबाईडी सिलको ह्वीलबेस भोडल ३ को ह्वीलबेस भन्दा ४५ मिमी लामो छ। बीबाईडी सिल टेस्ला मोडल ३ को तुलनामा ठूलो कार हो।
डिजाइन
बीबाईडी सिलको डिजाइन धेरै हदसम्म ब्रान्डको ओसियन एक्स कन्सेप्ट एसयूभीबाट प्रेरित छ। जसलाई २०२१ मा प्रदर्शन गरिएको थियो। कूप टाइल अल ग्लास रुप, फ्लश डोर ह्यान्डल, चार बुमरांग आकारको एलईडी डीआरएल, स्प्लिट हेडल्यपा डिजाइन र पछाडि एलईडी लाइट बार जस्तै केही विशेष डिजाइन एलिमेन्ट् छ।
इन्टिरियर
बीबाईडी सिलको इन्टिरियमा १५.६ इन्चको रोटेटिङ इन्फोटेनमेन्ट डिस्प्ले छ। जुन एटो३ मा पनि देख्न सकिन्छ। सेडानमा १०.२५ इन्चको डिजिटल इस्ट्रूमेन्ट क्लस्टर र हेड अप डिस्प्ले पनि एटो३ बाट लिइएको छ। सेन्ट्रल कन्सोलमा दुई वायरलेस चार्जरका हिटेड विन्डस्क्रीन, भोल्यूम र अडियो कन्ट्रोलका लागि फक्शन दिइएको छ।
ब्याट्री, रेञ्ज र चार्जिङ
बीवाईडीका अन्य सबै इलेक्ट्रिक सवारी जस्तै बीबाईडी सिलमा पनि ब्रान्डको ब्लेड ब्याट्री प्रविधिको प्रयोग गरिएको छ। भारत मोडल सिलको ब्याट्री र इलेक्ट्रिक मोटरको जानकारी बाहिर ल्याइएको छैन। अन्तर्राष्ट्रिय बजारमा सील दुई ब्याट्री प्याक विकल्प ६१.४ किलोवाट आवर र ८२.५ किलोवाट आवर यूनिटमा उपलब्ध छ।
चाइना लाइट ड्यूटी भेहिकल टेट साइकिलका अनुसार सानो ब्याट्री मोडलको रेञ्ज ५५० किलोमिटर र ठूलो ब्याट्री प्याको रेञ्ज ७०० किलोमिटर छ।
प्रकाशित: २८ पुष २०७९, बिहीबार