प्राइमस इलेक्ट्रिक स्कुटर सार्वजनिक, रेञ्ज १०० किलोमिटर

  • Technology Khabar | २८ पुष २०७९, बिहीबार
प्राइमस इलेक्ट्रिक स्कुटर सार्वजनिक, रेञ्ज १०० किलोमिटर

काठमाडौं ।

एम्पीयर इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी ग्रीव्स इलेक्ट्रिकले अटो एक्स्पो २०२३ मा प्राइमस इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। भारतको नयाँ दिल्लीमा बुधबारदेखि अटो एक्स्पो २०२३ शुरु भएको हो।

यसका साथै कम्पनीले दुई नयाँ इलेक्ट्रिक स्कुटर एनएक्सजी रर एनएक्सयू पनि शोकेस गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

एम्पीयर प्राइमस हाई स्पीड इलेक्ट्रिक स्कुटर हो।

इलेक्ट्रिक स्कुटरमा स्मार्ट बीएमएसको साथमा ३ किलोवाट आवर ब्याट्री टेक्नोलोजी दिइएको छ। स्कुटरको टप स्पीड ७७ किलोमिटर प्रति घण्टा छ भने यो ५ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको गति लिन सक्छ।

एम्पीयर प्राइमसमा रहेको लामो लेगरुम, चौडा सीटले स्कुटर चलाउन सजिलो बनाउँछ। ईस्कुटरमा ४ किलोवाट मिड माउन्ट मोटर टर्क छ। यसले फुल चार्जमा १०० किलोमिटरभन्दा बढी रेञ्ज दिने कम्पनीको दाबी छ। स्कुटरमा इको, सिटी, पावर र रिभर्सगरी चार राइडिङ मोड छ। स्कुटरमा ब्लूटूथबाट फोन कनेक्टिभिटी र नेभिगेसन पाउन सकिन्छ।

एम्पीयर प्राइमस इलेक्ट्रिक स्कुटर हिमालयन ह्वाइट, रोयल ओरेन्ज, हैभलक ब्ू र बक ब्ल्याक कलरमा उपलब्ध छ। बडी प्यानल डुअल टोन दिइएको छ।

एम्पीयर प्राइमस एक कन्सेप्ट इलेक्ट्रिक स्कुटर हो। यसमा आईओटी कनेक्टिभिटी पाउन सकिन्छ। एप्पीइर एनएक्सयू अर्को कनेक्टेड स्कुटर हो जसलाई गिग वर्करको हिसाबले डिजाइन गरिएको छ। यसलाई परिवारको निजी उपयोग सवारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

प्रकाशित: २८ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...